फिल्म पद्मावतः २५ जनवरीमा रिलिज गर्न भारतको सर्वाेच्च अदालतले दियो स्वीकृति

बिहिबार, माघ ४, २०७४

loading...


काठमाडौं । विवादै विवादले घेरिएको  वलिउड फिल्म पद्मावतलाई भारतको सर्वोच्च अदालतले देशभर रिलिज गर्ने स्वीकृति दिएको छ । अब यो फिल्म २५ जनवरी (माघ ११) मा सबै राज्यमा रिलिज हुनेछ ।

भारतीय जनता पार्टीको सरकार रहेको चार राज्यमा पद्मावतलाई रिलिज गर्न नदिने निर्णय भएको थियो । सर्वोच्च अदालतले मध्य प्रदेश, हरियाणा, राजस्थान र गुजरात सरकारको निर्णयलाई रोक्का गरिदिएको छ ।

यसैबीच, राजस्थान सरकार वसुन्धारा राज्यले सर्वाेच्च अदालतको  निर्णय पछि तुरुन्तै आपातकालीन बैठक बस्दै, फिल्म पद्मावतको बारेमा सरकारको अर्को निर्णयलाई विचार गरिने बताइएको छ ।

यसअघि पनि सर्वोच्च अदालतले फिल्मको प्रदर्शनमा रोक लगाउने प्रयास विफल बनाइदिएको थियो । सञ्जय लीला भन्सालीले निर्देशन गरेको यस फिल्ममा दीपिका पादुकोण, शाहिद कपूर र रणवीर सिंहको मुख्य भूमिका छ ।

उक्त फिल्म पद्मवतलाई राजपूत संगठनहरूले विरोध गरिरहेका छन् । फिल्मले राजपूतहरूको इतिहासलाई बंग्याएर प्रस्तुत गरेको उनीहरूको आरोप छ ।

फिल्मको कथा १३औं शताब्दीमा मेवाडका महाराज रतन सिंह र उनको सेना तथा दिल्लीका सुल्तान अलाउद्दीन खिलजीका बीच भएको ऐतिहासिक युद्धमा आधारित छ ।

110 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank