मलेसियाको सेन्सर वोर्डद्वारा फिल्म पद्मावत रिलिज नगर्न आदेश, यस्तो छ कारण

मङ्लबार, माघ १६, २०७४

loading...


एजेन्सी । मलेसियाको सेन्सर वोर्डले भारतीय फिल्म पद्मावत आफ्नो देशमा रिलिज नगर्न आदेश दिएको छ । समाचार एजेन्सी पीटीआईको एक रिपोर्ट अनुसार राष्ट्रिय फिल्म सेन्सर बोर्ड (एलपीएफ) को अध्यक्षले भने, ‘उक्त फिल्मका कारण आफ्ना देशका मुसलमानहरूको भावना भड्किन सक्छ ।’

संजय लीला भान्साली द्वारा निर्देशित उक्त फिल्म मलेशियामा मुसलमानहरुको भावना अनुसार प्रतिबंधित लगाइएको जनाइएको छ । सेन्सर बोर्डका अध्यक्ष मोहम्मद जामबेरी अब्दुल अजीजले भने , ‘यो चलचित्र भव्य रुपमा बनेको छ तर यो फिल्म हेरेर मुसलमानहरु रिसाउन सक्छन् ।’

अजीजले मलेशियाको एक स्थानीय समाचार पत्रिकालाई भने, ‘उक्त फिल्मको कथा मुसलमानको भावनालाई छुन्छ । यो मुस्लिम प्रभुत्व भएको देशका लागि एक गम्भीर चिन्ताको विषय हो।’

यो फिल्म मलिक मोहम्मद जिसी को १६ औं शताब्दीमा लेखिएको महाकाव्य पद्मावतमा आधारित छ। दीपिका पादुकोण, रणबीर सिंह र शाहीद कपूर सो चलचित्रमा प्रमुख भूमिकामा रहेका छन् ।

फिल्म पद्मावतको रिलिजलाइई लिएर भारतभरमा पनि गम्भीर विवाद भएको थियो । सुप्रीम कोर्टको आदेश को बावजूद पनि फिल्म भारतका धेरै राज्यमा प्रदर्शनमा आउन सकेको छैन । भारतका राजपूत समुदायका मानिसहरू रानी पदमवतीको चित्रण विरुद्ध विरोधमा उत्रिरहेएका छन् ।

फिल्म प्रदर्शनलाई रोक्न, देशका धेरै ठाउँमा हिंसा र आगजनीका घटना भए, जसमा दर्जनौं व्यक्तिहरू पक्राउ परेका छन्। यसैबीच मलेसियामा फिल्मका वितरकले सेन्सर बोर्डको निर्णयको विरोधमा अपील दावी गरेका छन् जसको सुनुवाई ३० जनवरी अर्थात आज हुने छ ।

फिल्म पद्मावत भारतमा २५ जनवरीमा रिलिज भएको थियो । भने फिल्मले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ ।

बीबीसी

146 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank