मोनालिसाको नयाँ भिडियो सार्वजनिक (भिडियोसहित)

सोमवार, माघ १७, २०७३

loading...


काठमाडौँ । मोडल मोनालिसा पराजुलीले प्रेमीसँग गरेको रोमान्स बाहिरिएको छ । उनले यी  कुराहरु आफ्नो निजी जीवनमा नगरी गायक सुबास खत्रीको ‘कुराहरु खेल्छन’ बोलको गीतमा गरेको अनस्क्रिन रोमान्सलाई निर्देशक युबराज खत्रीले बाहिर ल्याएका हुन् ।

जबजब कोइ मानिस प्रेममा पर्छ तब उसको मनमा आफ्नो प्रेमी अथवा प्रेमिकाको बारेमा विभिन्न कुराहरु खेल्न थाल्छन । यस्तै सन्दर्भलाई निर्देशक खत्रीले भिडियोमा प्रस्तुत गरेका छन् । जुन गीतमा शब्द संगीत हरि खत्रीको रहेको छ भने प्रविन डंगोलले यसलाई एरेन्ज गरेका हुन् ।

भिडियोमा मोनालिसालाई गायक स्वयमले साथ दिएका छन् । गीतलाई छायांकन शिशिर पोखरेलले गरेका छन भने सम्पादन समेत निर्देशक खत्रीले गरेका छन् । प्रेममा परेका युवायुवतीका मनमा खेल्ने भावनालाई निर्देशक युबराज खत्रीले कलात्मक शैलीमा भिडियोमा पस्केका छन् ।

566 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank