सेक्सी तिर्सनाले गाइन नेपालीको पहिचान दिने गीत

शनिबार, माघ १, २०७३

loading...


धनवीर दाहाल, काठमाडौ ।   चर्चित मोडल तिर्सना बुढाथोकीले पछिल्लो पटक गायन क्षेत्रमा पनि उत्तिकै चर्चा कमाउन थालेकी छन् । हट मोडलको रुपमा आफ्नो परिचय बनाएकी बुढाथोकीले नेपाली गायन क्षेत्रमा हात हाले देखीनै चर्चाको शिखरमा पुग्न सफल भएकी हुन् ।

tirsana-budhathokiपछिल्लो समय नेपाली कलाकारिता क्षेत्रमा उनले आफ्नै गायन, अभिनय र निर्देशनमा ‘म हुँ नेपाल कि छोरी’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेकी छन् । उनले कलाकारिता क्षेत्रमा एउटा भिन्न यात्रा लिएर अधि बढी रहेकी छन भने त्यति मात्रैमा  सिमित नरही गायन र निर्देशनसम्म पुगि सकेकि छन् ।

उनको पहिरन जस्तो भएपनि निकै सान्र्दर्भिक देखिने गरेपनि पछिल्लो पटक नेपाली पोशाकमा उनको म्युजिक भिडियोले झनै नेपालीपन झल्काएको छ । अभिनयमा जस्तै गायन र निर्देशनमा पनि उत्तिकै सफल बन्ने चाहाना भएको उनले बताइन् ।

हालै तिर्सनाले एक उत्कृष्ट राष्ट्रिय गीत आफनो अफिसिय युट्युब च्यानल मार्फत ‘म हुँ नेपालकी छोरी’ बोलको गीत सार्वजनिक गरेर बजारमा ल्याएकी छन् । दुई सयभन्दा बढि म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी उनले  गत तीजदेखि गीत गाउन सुरु गरेको बताइन् । म हुँ नेपालकी छोरी’ बोलको गीत आफ्नै प्रोडक्शन हाउस ‘तिर्सना सिने हाउस’ ले निर्माण गरेको तथा उनले नै निर्देशन गरेकी हुन् ।

उक्त गीतका शब्द गोबिन्दप्रसाद उपाध्यायका हुन भने संगीत बिक्रम थापाले भरेका छन । माया, प्रेम र उत्तेजक गीतहरुमा मोडल बनेर चर्चामा आएकी तिर्सना आफैंले गाएका गीत भने सांस्कृतिक, धार्मिक, राष्ट्रिय भावनाले ओतप्रोत भएको पाइन्छ ।

हरेक बिधामा अब्बल तिर्सना मोडल, निर्देशन, गायन पछि अव फिचर फिल्ममा दिड नायिकाको रुपमा डेब्यू गर्दै छिन् ।

1134 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank