म भविश्य सोचिरहेको छु, लभबारे सोच्ने फुर्सद छैनः मोडल झरना

मङ्लबार, चैत्र २०, २०७४

loading...


झरना पुन मगर साढे दुई वर्षदेखि कलाकारिता क्षेत्रमा छिन् । मोडलिङका साथै गायनमा पनि खुवी भएकी झरनासँग गरिएको कुराकानीको सम्पादित अंश ।

कलाकारिता क्षेत्रमा लागेको कति वर्ष भयो ?
कलाकारिता क्षेत्रमा लागेको साढे दुई वर्ष भयो । अभिनय र गायनमा लागिरहेको छु ।

तपाईको पहिलो गीत कुन हो ?
मेरो पहिलो गीत ‘हो निर जालै हो अहिलेको तिजैमा’ भन्ने तिजको गीत हो ।

jharana pun magar

कलाकारितामा लागिरहँदा घरपरिवारको सहयोग कस्तो छ ?
मलाई पहिले त कसैको सहयोग थिएन । अहिले भने घर परिवारको सहयोग छ । मेरो घरबाट तेरो खुसी नै हाम्रो खुसी हो भन्नुहुन्छ । तर पहिला गाह्रो थियो । भागेर कलाकारिता क्षेत्रमा लागेको हुँ ।

लभको विषयमा तपाईको धारणा के छ ?
लभ सवैसँग हुन्छ । लभ विना संसार अधुरो रहन्छ ।

तपाई लभमा हुनुहुन्छ कि हुँदैन ?
म भविश्य सोचिरहेको छु, लभबारे सोच्ने फुर्सद मिलेको छैन ।

गीत गाउन सजिलो कि मोडलिङ गर्न ?
गीत गाउन र मोडलिङ गर्न दुवै एउटै हो । दुवै काम सजिलो र गाह्रो पनि छ ।

कस्ता खाले मोडलिङमा बढी रुची छ ?
मैले लोकदोहोरी, तामाङसेलो आधुनिक लगायतका गीतमा मोडलिङ गरेकी छु । लभस्टोरीमा मोडलिङ गर्न बढी मन लाग्छ ।

मोडलिङबाट नै जीवन निर्वाह गर्न सकिने अवस्था छ ?
जे होस आफूलाई बाँच्न सक्ने जति कमाई भईरहेकै छ ।

मोडलले निर्माता–निर्देशकको व्यक्तिगत इच्छा पनि पुरा गर्नुपर्छ भनेको पनि सुनिन्छ, तपाईको भोगाइ के छ ?
त्यो त आफूमा पनि भरपर्छ । त्यस्तो मैले भोगेको छैन् ।

भविष्यको योजना के छ ?
मलाई यहि क्षेत्रबाट अघि बढ्नु छ । सफल गायिका र मोडल बन्ने लक्ष्य छ ।

679 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank