माया बुझे मोतीको हार, नबुझे बिषः मोडल शाही

मङ्लबार, पुस २५, २०७४

loading...


अभिनयबाट छोटो समयमा नेपाली सांगितिक क्षेत्रमा चर्चामा रहेकी मोडल हुन् संचिता शाही । एक वर्षको बीचमै करिव तीन दर्जन म्युजिक भिडियोमा काम गरिसकेकी शाहीलाई फिल्म खेल्ने रहर पनि छ । भविश्यमा सुपरस्टार बन्ने लक्ष्य रहेको बताउने शाहीसँग नेपालपाटी डटकमले गरेको कुराकानी :

कसरी लाग्नुभयो कलाकारिता क्षेत्रमा ?
सानैदेखि रुची थियो । स्कूल पढ्दादेखि नै कार्यक्रमहरुमा जाने, रमाइलो गर्ने गरिन्थ्यो । औपचारिक रुपमा कलाक्षेत्रमा लागेको १ वर्ष भयो । सवैको सहयोगले यात्रा अगाडि बढ्दैछ ।

एक वर्षको बीचमा कति काम गर्नुभयो त ?
तीन दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेँ ।

छोटो अवधिमा यति धेरै काम गर्ने अवसर कसरी मिल्यो ?
दर्शकको मायाले नै सम्भव भएको हो । त्यसका साथै मेरो कामलाई विश्वास गरेर अवसर दिने र प्रचार प्रसारमा सहगोग गर्ने सवैको हात छ । मौसम गुरुङ सरले भिडियोमा अभिनय गर्ने मौका दिनुभएको हो । त्यो भिडियोबाट मलाई आफ्नो क्षमता देखाउने मौका मिल्यो ।

भविश्यको लक्ष्य के छ ?
सुपरस्टार बन्ने लक्ष्य छ । अहिले म्युजिक भिडियोमा मात्रै छु, फिल्म पनि खेल्ने मन छ ।

त्यसका लागि तयारी के गरिरहनुभएको छ त ?
संघर्ष र मेहेनत गरिरहेको छु ।

शरीरले कतिको साथ दिएको छ ?
एकदम साथ दिएको छ । अझै राम्रो बनाउने कोसिसमा छु ।

आफ्नो शरीरको सवैभन्दा राम्रो लग्ने अंग कुन हो ?
मलाई शरीरका सवै अंग मनपर्छ । ओठ र आँखा चाहिँ सवभन्दा राम्रो लाग्छ ।

मन नपर्ने पनि छ कि ?
मन नपर्ने चाहिँ छैन ।

मायाप्रेमका धेरै भिडियोमा अभिनय गर्नुभयो । खासमा लभ चाहिँ के रहेछ ?
माया बुझे मोतीको हार हो, बुझेन भने बिष पनि हो ।

तपाईले चाहिँ के पाउनुभयो त ?
मैले अहिलेसम्म केही पनि पाएको छैन ।

भनेपछि अहिलेसम्म लभमा पर्नुभएको छैन ?
छैन । मनको माया पाउन गाह्रो छ । सवै केही समयको लागि मात्र मायाको नाटक गर्छन ।

तपाईलाई मनपर्ने नायक र नायिका को–को हुन् ?
नायकमा प्रदीप खड्का र नायिकामा पूजा शर्मा मनपर्छ ।

सेक्सीचाहिँ को–को लाग्छ ?
निरुता सिंह र उत्तम प्रधान सेक्सी लाग्छ ।

अन्त्यमा ?
मेरो भगवान भनेको दर्शक हुन् अनि साहस भनेको अग्रज कलाकार दाजुदिदीहरु हुनुहुन्छ । सधैँ सवैको माया र साथ अनि हौसलाको अपेक्षा गर्दछु । गीतसंगितलाई सधै राम्रो बनाउने कोसिस गरौँ, विकृति र विसंगतिबाट टाढै रहौँ । मलाई दर्शकसम्म पुर्या‍‍उन सहयोग गर्नुभएकोमा तपाईलाई धन्यवाद ।

संचिता शाहीले अभिनय गरेको भिडियो हेर्नुहोस्

736 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank