कलाकारितामा जम्दै थापा
बिहिबार, पुस २७, २०७४

काठमाडौँ, सांस्कृतिक कार्यक्रममा प्रस्तुति दिँदै आएका विशाल थापा अहिले म्युजिक भिडियोमा व्यस्त छन् । गायिका तथा बेली डान्सर कमला सापकोटाको गीत झिमझिम परेली जस्ता भिडियोमा उनको अभिनय देख्न सकिन्छ ।
रुपन्देहीको सालझण्डीमा जन्मिएका मोडल थापाले केही समयअघि फिल्ममा पनि ‘डायरी’ मार्फत डेब्यु गरिसकेका छन् । विरेन्द्र हमालको सहयोगमा अनिल योञ्जनद्धारा निर्देशित र नायिका छुल्थिम गुरुङद्धारा अभिनित चलचित्र ‘डायरी’ मार्फत उनले फिल्ममा डेब्यु गरेका हुन् ।
उनले जमलस्थित नाचघरमा विरेन्द्र हमालसँगै ६ महिने अभिनय कोर्स लिएका थिए । बुबा रामबहादुर थापा डान्स शिक्षक र दिदी सुशीला थापा नृत्य र अभिनयमा रहेकाले सानैदेखि कलाकारितामा रुची जागेको उनले बताए । उनी विभिन्न सांस्कृतिक कार्यक्रममा समेत प्रस्तुति दिँदै आएका छन् ।
सफल कलाकारको रुपमा आफुलाई स्थापित गर्ने लक्ष्य रहेको बताउँने थापा हाल बसुन्धारामा बस्छन् ।
प्रतिक्रिया दिनुहोस
Powered by Facebook Comments