मोडल र गायिकाको ‘भ्यालेन्टाइन डे’

बुधबार, फाल्गुन २, २०७४

loading...


काठमाडौँ । खासगरी पश्चिमा देशहरूमा मनाइदै आएको ‘भ्यालेन्टाइन डे’ अर्थाथा प्रणय दिवस केही वर्षदेखि नेपालमा पनि विशेष रुपमा मनाउन थालिएको छ । उपहार तथा प्रेम साटासाट गरी यो दिवस मनाउने गरिन्छ । ‘भ्यालेन्टाइन डे’ कसरी मनाउँदै हुनुहुन्छ भनेर केही गायिका तथा मोडललाई सोधेका छौँ । उनीहरूको जवाफ जस्ताको तस्तैः

रिया घले
गायिका तथा मोडल
भ्यालेन्टाइन डे को कुनै कार्यक्रम छैन् । घरमै बसिरहेको छु । सायद प्रेमी नभएको कारण होला, आज केही पनि कार्यक्रम छैन् ।

सुशीला पाठक
गायिका
भ्यालेन्टाइन डे परिवारसँग डिनर गरेर मनाउँछु । मेरो म्युजिक भिडियो छिट्टै आउदैछ । त्यसमा आफैँ मोडलिङ गर्ने भएकाले दिउँसो डान्स क्लास जान्छु । म्युजिक भिडियोको गृहकार्यमै भ्यालेन्टाइन डे बित्छ ।

सिर्जना गुरुङ
गायिका
स्पेशल केही पनि छैन । माया गर्नेहरुको लागि आज मात्रै होइन, सवै दिन उत्तिकै हुनुपर्छ । एक दिन माया गर्ने अनि बाँकी दिन दिन हेट गर्नु भएन । हरेक दिन भ्यालेन्टाइन सोच्नुपर्छ ।

प्रिया गुरुङ
गायिका
म अरुभन्दा फरक ढंगले भ्यालेन्टाइन डे मनाउँछु । म आज एउटा स्कूलमा सानो प्रोजेक्ट लिएर जाँदैछु । जहाँ रहेका साना बाबुनानीहरूलाई कापी, कलम र खाजा वितरण गरेर भ्यालेन्टाइन डे मनाउँदैछु ।

सिमा पुन शाह
गायिका
मेरो लागि हरेक दिन प्रेम दिवस हो । तर, आज म मेरो एकदम मनपर्ने मान्छेसँग सेलिब्रेट गर्दैछु ।

अनुष्का शर्मा
नायिका तथा मोडल
स्टेज कार्यक्रममा व्यस्त छु । प्युठानमा स्टेज कार्यक्रम गरेरै यो दिवस मनाउँदैछु ।

 

प्रतिक्षा खड्का
नायिका तथा मोडल
विगत वर्षहरूमा भ्यालेन्टाइन डे को वास्तै हुँदैन थियो । तर यसपाली प्रेमी नभएकोमा खल्लो लागेको छ । । मलाई मन पराउने धेरै हुुनुहुन्छ । धेरैले प्रपोज गर्नुहुन्छ । जस्तो मान्छे होस भन्ने मेरो चाहना छ त्यो नभेटेकाले प्रपोज कसैको पनि स्वकारेकी छैन ।

 

सुजना ढकाल
मोडल
पार्टनर छैन, भ्यालेन्टाइन डे परिवारसँग मनाउँदैछु ।

रोजी कुँवर
मोडल
भ्यालेन्टाइन डेमा खास केही कार्यक्रम छैन् । घरमै बस्छु अनि परिवारसँग मनाउँछु । अरु स्पेशल केही छैन् ।

बिनु खड्का
मोडल
आफु त सिंगल परियो । साथीहरूसँग रमाइलो गरिन्छ, त्यस्तो खास कार्यक्रम केही छैन् ।

निशा पुरी
मोडल
भ्यालेन्टाइन डे को कुनै कार्यक्रम छैन् । एक त विरामी छु, अर्को प्रेमी पनि छैन् ।

रञ्जिता लिम्बु
मोडल
खासै केही कार्यक्रम छैन् । घरमै बसिरहेको छु ।

1854 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank