तमु भाषाको चलचित्र म्ले क्यु (बिर्साउने पानी) वैशाख ७ गते पोखरामा

आइतवार, चैत्र ३, २०७५

loading...


पोखरा । स्टार्स स्टुडियो प्रालिको पर्दामा निर्मित तमु भाषाको चलचित्र म्ले क्यु (बिर्साउने पानी) नयाँ वर्ष २०७६ साल वैशाख ७ गते पोखरामा प्रर्दशन गरिने भएको छ ।

जसु गुरुङद्वारा निर्देशित चलचित्रमा तमु जातिको मृत संस्कारका विभिन्न पक्षलाई देखाउन खोजिएको छ । रोशन गुरुङको कथा एवं माओत्से गुरुङको पटकथा र मुख्य अभिनय रहेको चलचित्रमा रिया गुरुङ, डिबी गुरुङ, रोनित गुरुङ, कृष्टि गुरुङ, कमल गुरुङ लगायतका कलाकारको अभिनय रहेको निर्देशक गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार वैशाख ७ गते पोखरास्थित विन्दवासिनी चलचित्र मन्दिरमा १२.०० बजे र ३.०० बजे गरी दुई सो प्रदर्शन गरिने छ । यसअघि चलचित्रको पहिलो प्रिमियर सो प्रवासी भूमि हङकङमा गत मार्च ३ तारिखमा सम्पन्न भइसकेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank