टंक बुढाथोकीको ‘रेली माइ’मा ‘कार्टुन्ज क्रु’ (भिडियो सहित)

शुक्रबार, चैत्र २३, २०७४

loading...


काठमाडौं । पछिल्लो समय गीत संगीतमा निकै चर्चामा रहेको गायक तथा संगीतकार टंक बुढाथोकी र नेपालकै चर्चित डान्स ग्रुप ‘कार्टुन्ज क्रु’को अभिनय रहेको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ ।

‘रेली माइ’ बोलको गीतमा स्वर, शब्द तथा संगीत टंक बुढाथोकीको रहेको छ । यो बर्ष मात्रै चलचित्र ‘शत्रु गते’ मा समावेश गीत ‘रुपै मोहनी’ गीत र आँशुको अर्थ जस्ता सफल गीत दिएका गायक तथा संगीतकार टंक बुढाथोकी यस गीतलाई पनि दर्शक तथा स्रोताले मन पराउने बताएका छन् । केहि घन्टामा युट्युब ट्रेन्डिङको ६ नम्बरमा पर्न सफल ‘रेली माइ’ गीतले गायक टंक बुढाथोकीको अर्को सुपर हिट गीत हुने आकलन गर्न सकिन्छ ।

सार्वजनिक गीतको भिडियोमा कार्टुन्ज क्रुको एकदमै फरक र दमदार डान्स देख्न सकिन्छ ।सरोज अधिकरीको निर्देशनमा बनेको भिडियोमा सरोजको साथमा सुविन चौहान र राम घलेले कोरियोग्राफी गरेका छन् ।

गीतको भिडियोमा कार्टुन्ज क्रुको सदस्यहरु रोज अधिकारी, आश्मा बिश्वकर्मा, लाक्पा डि लामा, राम घले, सुविन चौहान र बिकास राईको साथमा दृष्टि श्रेष्ठ, बिजय अधिकारी र दिपेश बुढाथोकीलाई फ़िचरिङ्ग गरिएको छ ।ज्ञानेन्द्र शर्माको छायांकन रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।

यस्तै सार्वजनिक भिडियो सगै गायक टंक बुढाथोकी र कार्टुन्ज क्रुका टिम मेम्बरहरुले यो गीतको कभर डान्स प्रतियोगिताको समेत आयोजना गरेका छन् । कभर डान्स प्रतियोगिताका उत्कृष्ट तीन प्रतियोगीलाई क्रमश प्रथम हुनेलाई ७५ हजार, दोश्रो हुनेलाई ५० हजार र तेश्रो हुनेलाई २५ हजार रुपैयाँ पुरस्कार दिईने कार्टुन्ज क्रु का सरोज अधिकारीले बताए ।

152 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank