मिस टुरिज्म वल्र्डवाइड नेपाल उपाधि कुँवरलाई

मङ्लबार, भदौ ५, २०७५

loading...


काठमाडौँ । मिस टुरिज्म वल्र्डवाइड नेपाल २०१८ को उपाधि काठमाडौको न्याथम कलेजकी साइना कुँवरले हात पारेकी छिन । परेली मिडियाले आयोजना गरेको ‘ प्रतियोगितामा कुँवरले १४ प्रतियोगीलाई पछि पार्दै शीर्ष ताजसंगै मिस फ्रेन्डशिपको अवार्ड समेत हात पारिन् ।

 आयुश्मा पोखरेलले फष्ट रनरअपको ताज हात पारिन् भने उनले विधागत तर्फको मिस लिडरशिप अवार्ड पनि जितिन् । सेकेण्ड रनरअपको ताज रश्मि पहारीले जित्न सफल भइन भने उनले विधागत तर्फ मिस ट्यालेन्ट र मिस हेल्पफुलको पनि अवार्ड जितिन् ।

थर्ड रनरअप पुनम घिमिरे भइन । उनले मिस डिसिप्लीन अवार्ड पनि जित्न सफल भइन । विधागततर्फ भने समिक्षा रेग्मीले ‘मिस हार्ड वर्किङ’ को उपाधी हात पारिन । सोनिका ताम्राकारले मिस पपुलर, जेशिका रावलले मिस सोसियल जितिन् । सरिना नापितले मिस पर्सनालिटी अवार्ड हात पारिन् ।

त्यस्तै बेस्ट स्पीच र बेस्ट स्टुडेन्ट अवार्ड प्रतिभा पन्थीले जित्न सफल भइन भने रविना श्रेष्ठले बेस्ट वाक, बेस्ट पर्फर्मेन्स मोनिका न्यौपाने, सन्ध्या भट्टराईले बेस्ट स्माइल, सन्ध्या महर्जन मिस फोटोजेनिक, मिस पङ्चुवालिटि अलिजा सेढाई र मिस इन्टेलिजेन्ट सिम्रोन बास्तोला घोषित भइन् ।

405 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank