‘मिस टिन प्लस टु २०१७’ को अन्तिम तयारी पुरा को बन्ला मिस टिन प्लस टु ?

शुक्रबार, असार २, २०७४

loading...


 काठमाडौं १ असार । स्टार इन्टरटेनमेंन्टले मिस टिन प्लस टु २०१७ सिजन ३ नामक सौन्दर्य प्रतियोगिता आयोजना गर्ने भएको छ । राजधानी स्थित होटल रानी महलमा करिव २२ दिने प्रशिक्षण पछि १५ युवतीहरु अन्तिम प्रतिस्पर्धाको लागी तयारीमा छन् । अन्तिम प्रतिस्पर्धाको भिडन्तका लागी उनीहरुलाई मास फेसिङ्ग, ग्रुमिङ्ग, फेसन कोरियोग्राफी, मेकअप, नेतृत्व क्षमता विकास, व्यक्तित्व विकास, आर्टस् र मोटिभेसन लगायतको प्रशिक्षण संगै अहिले अन्तिम चरणमा रहेको आयोजकले जनाएको छ ।

बालकृष्ण पोखरेलको संयोजनमा चलिरहेको प्रतियोगीतको अन्तिम स्पर्दामा रेडीना पोते, मनिसा दाहाल,सुनिता थापामगर, अश्मिता मर्हजन, प्रकृति खतिवडा, एलिसा गिरी, रनुजा कुइकेल, निर्मला ढकाल, योगिक्क्षा संग्रौला, मुना घिमिरे, एलिना लामा, कुुसुम शाह, काजोल रम्तेल, रेडिना श्रेष्ठ, र एन्जिला कार्कीले प्रतिस्पर्धा गर्दै छन् । प्रतियोगीताबाट मिस टिन प्लस टुका साथमा फस्ट सेकेन्ड र थर्ड तथा मस्ट पपुलर, वेस्ट पर्सनालिटि, मिस क्याटवाक, मिस ट्यालेन्ट, मस्ट फ्रेन्डली, फेसबुक च्वाइस लगायतका सहउपाधी प्रदान गरिने छ । प्रतियोगीताको अन्तिम प्रतिस्पर्धा असार ४ गते जमल स्थीत राष्टिय नाचघरमा हुने भएको छ ।

492 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank