मिस इन्डिया फाइनलमा पुगेका ३० युवतीहरु एकै प्रकारका किन देखिए ?

आइतवार, जेष्ठ १९, २०७६

loading...


एजेन्सी । बलिवुड प्रायत: आफूलाई चर्चाको केन्द्रमा राखीरहन्छ । समबन्धको कुरा होस्च, प्रेमका कुरा हुन्, चलचित्र निर्देशक र नायिकाबीचको द्वन्द होस्, सेलिब्रेटीहरुको आफ्नालाई काखा गर्ने प्रवृति होस् या राजनीतिक एजेन्डाहरु हुन्, बलिवुड विवादमा तानीइरहन्छ ।

सन् १९९० को दशक देखि शुरु भएको सौन्दर्य प्रतियोगिता अन्तर्गतकै पुन: मिस इन्डिया प्रतियोगिता विवादित बनेको छ । चर्चित अभिनेत्री प्रियंका चोपडा,ऐश्वर्या राय, सुष्मिता सेन लगायत कलाकार यस प्रतियोगिताका कारण नै आफ्नो हाइ प्रोफाइल जीवन बाच्न सफल भइरहेका छन् ।

यो वर्षको प्रतियोगिताको फाइनलमा पुगेका ३० युवतीहरुको एक सामूहिक तस्बिर, जहाँ उनीहरु एकै प्रकारका देखिएका साथै उनीहरुको छालाको रंग गोरो रहेको विषयलाई लिएर विवाद शुरु भएको छ । आलोचकहरुले प्रतियोगिताका आयोजकले छालाको रङलाई प्राथमिकता दिइरहेको आरोप लगाइरहेका छन् ।

‘द टाइम्स अफ इन्डिया’ पत्रिकामा प्रकाशित कोलाजमा ३० सुन्दर युवती उभिएका छन् । यो पत्रिका आयोजक समूहकै हो ।

तर जब एक ट्वीटर प्रयोगकर्ताले यो कोलाज पोस्ट गर्दै प्रश्न सोधे, ‘यो तस्बिरमा के गलत छ ?’ तब यो तस्बिरमा धेरैले ध्यान खिच्न शुरु गर्यो ।

काँधमा खसिरहेको चम्किलो कपाल, सबैजना गोरा देखिन्छन् । कतिले सबै एकै प्रकारका देखिने बताए ।

Sameer Sewak@Naa_Cheese

What is wrong with this picture?

934 people are talking about this

केहीले ठट्टा गर्दै यो एउटै व्यक्तिको भिन्न–भिन्न तस्बिर हो समेत भन्न भ्याए ।

आलोचकको तर्क यो छ कि यो तस्बिरमा केही गलत नभएपनि सबै गोरो भएकाले भारतीयले गोरो छालालाई राम्रो ठान्ने कुरालाई चित्रित गर्छ ।

प्रतियोगिताकी ग्रुमिङ एक्सपर्ट शमिता सिंहले बीबीसीलाई दिएको जानकारीमा सबै प्रतिस्पर्धी ‘प्लास्टिक जस्ता’ देखिएकाले वास्तविक तस्बिरलाई रिटच गरिएको बताइन् ।

उनले फोटोशप टीमलाई प्रतिस्पर्धीको रंगमा कुनै पनि परिवर्तन नगर्न बताइएको कुरालाई उनले स्पष्ट पारिन् । उनका अनुसार पत्रिकामा छाप्दा प्रयोग भएको मसीका कारण पनि यस्तो देखिएको हो ।

भारतमा यस्ता संस्था पनि खोलिएका छन् जसले युवतीलाई मिस इन्डियाजस्ता सौन्दर्य प्रतियोगितामा भाग लिनका लागि तयार गर्छ ।

यो पनि एउटा तथ्य हो कि मिस इन्डिया जित्ने धेरैजसो युवती गोरो नै हुन्छन् र यसमा कुनै अचम्म मान्नु पर्ने कुरा पनि छैन ।

गोरो रङका लागि भारतीयको पागलपन जगजाहिर छ, विशेषगरी महिलाको विषयमा । धेरै मानिसले कालो वर्णभन्दा गोरो वर्णलाई राम्रो मान्छन् ।

कस्मेटिक बजारको आवश्यकताः

 गोरो वर्ण भएका युवतीलाई विवाहको मामलामा पनि प्राथमिकता दिइन्छ । यो पनि एउटा वास्तविकता हो ।

सन् १९७० को दशकमा भारतमा गोरो बनाउने क्रिम– फेयर एण्ड लभ्ली आएको थियो । अब गोरो बनाउने कस्मेटिकको बजार निकै ठूलो छ र भारतका शीर्ष सिने कलाकारले यसको विज्ञापन गर्छन् ।

यस्ता क्रिम वा जेलको विज्ञापनमा गोरो बनाउने मात्र नभई जीवनलाई उत्कृष्ट बनाउने, जागिर, प्रेम वा विवाहसम्मको बचन दिइएको हुन्छ ।

र यस्ता सौन्दर्य प्रतियोगिता गोरो वर्णलाई राम्रो ठान्ने धारणालाई थप बलियो बनाउँछ ।

miss-india-contest-finalists-lookको लागि तस्बिर परिणाम

सन् २००५ मा कुनै रचनात्मक व्यक्तिले सोचे कि गोरो वर्ण महिलाका लागि मात्र नभई पुरुषका लागि पनि आवश्यक छ । त्यसपछि बजारमा आयो पुरुषलाई गोरो बनाउने पहिलो क्रिम – फेयर एण्ड हेन्डसम ।

बलिउडका शाहरुख खानले यसको विज्ञापन गरे र यो क्रिमले चाँडै नै ठूलो बजार ओगट्यो ।

हालैका वर्षमा डार्क इज ब्युटिफुल (कालो वर्ण राम्रो) भन्ने   अभियान शुरु भएका छन् जसले वर्णलाई प्राथमिकता दिने विषयमा प्रश्न उठाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank