नायिका मिरा गुरुङ गायनमा पनि, ल्याइन गुरुङकी छोरी

बुधबार, मंसिर २२, २०७३

loading...


काठमाडौं । गुरुङ चलचित्रकी चर्चित नायिका मिरा गुरुङ अब गायिकामा पनि फड्को मारेकी छिन् । आधा दर्जन गुरुङ चलचित्रकी नायिका तथा अमेरिकन नेपाली कलाकार संघको भईस प्रेसीडिण्ट समेत रहेकी मिरा गुरुङ ‘गुरुङ कि छोरी’ गीतमार्फत गायनमाप्रबेश गरेकीहुन ।

गुरुङ चलचित्रको ’उत्कृष्ट नायिका’को एवार्ड समेत हात पारी सकेकी मिराले यस गीतमा लोक र गुरुङ भाषा फ्युजन गरेकी छिन् । झन्डै १दर्जन भन्दा बढी म्युजिक भिडियोमा समेत अभिनय गरिसकेकी नायिका तथा गायिका मिरा गुरुङको यस म्युजिक भिडियोमा गुरुङ कल्चर र लोक परिबेशलाई देखाउन खोजिएको छ । भिडियोलाई पोखराको विभिन्न रमणिय स्थानहरुमा छाँयांकन गरिएको हो ।

मिनबहादुर तामङको रचना, सन्तोष प्रगाढको संगीतमा, राकेश ओली तथा नरेन्द्र बियोगीको एरेन्ज तथा मिक्सिङ रहेको यस गीतको म्युजिक भिडियोमा गुरुङ चलचित्रमा आफ्नो स्थान सकेका नायक सुनिल गुरुङलाई पनि देख्न सकिनेछ । पोखरामै एक दसक भन्दा धेरै समय देखी डान्स कोरियोग्राफी गरारहेका कोरियोग्राफर सुवाश राइले यस भिडियोमा कोरियोग्राफि  समालेका छनु् भने ताक्ला गुरुङले बिशेष सहयोग गरेका छन् ।

आर्टिस्ट नेपाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस म्युजिक भिडियोको निर्देशन नव ढुङेलले गरेका हुन । निर्देशक ढुङेल मिडिया, प्रोडक्सन र एजेन्सीमा सकृय संस्था आर्टिस्ट नेपालका निर्देशक पनि हुन । अमृत सुनुवारको छायाँकनमा माधव बेल्बासेले यस भिडियोको सम्पादन गरेका छन । नायिका तथा गायिका मिरा गुरुङको यस एल्बम तथा भिडियोलाई आर्टिस्ट नेपाल डटकमले बजारमा ल्याएको हो ।

797 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank