मेट गाला २०१९ फेसन सम्मेलन, असाधारण पहिरनहरुको भिड

मङ्लबार, बैशाख २४, २०७६

loading...


एजेन्सी । यस वर्षको मेट गाला २०१९ मा विश्वभरका सेलिब्रिटीहरुको सहभागीता रहेको छ । संसारको सबैभन्दा महँगो टिकटको सम्मेलनको रुपमा चिनिने मेट गाला सम्मेलनमा सोमबार आकर्षक फेसनको प्रस्तुतीको लागि रेड कार्पेटमा बिछ्याइ सकिएको छ ।

ओस्कार एवार्ड जितेका सेलिब्रिटीहरुदेखि, गायक-गायीका, थिएटर आर्टिस्ट, डान्सर तथा मोडलहरुको उपस्थितिले मेट गालालाई संसारको सबैभन्दा ठूलो फेसन सम्मेलन बनाएको छ । यो सम्मेलन आफ्ना पाहुना, अत्यधिक महँगो टिकट र असाधारण पहिरनका लागि अत्यधिक चर्चित छ ।

प्रत्येक वर्ष विभिन्न थिम स्थापित गरिन्छ । यसवर्षको थिम ‘क्याम्पः नोट्स अन फेसन’ हो । यस वर्षको पहिरनमा  व्यंग्य, हास्य, कृत्रिमता, चलाखी, बनावटीपन, अतिरञ्जनना झल्किनेछ ।

र यी सबैलाई एकैपटक कसरी अपनाउन सकिन्छ  भनेर कार्यक्रमकी पहिलो सेलिब्रिटी लेडी गागाले देखाइन् । शुरुमा गागा चम्किलो गुलाबी पहिरनमा रेड कार्पेटमा प्रवेश गरिन् ।

त्यसपछि उनले उक्त लुगा खोलिन् र आफ्नो दोस्रो पहिरन देखाइन् । उनले गुलाबी पहिरन भित्र कालो गाउन लगाएकी थिइन् ।

त्यसपछि त्यो पनि फुकालेर साइड लगाइयो । गागाको तेस्रो पहिरन थियो ‘स्लिम फिटिङ पिंक गाउन’ ।

त्यसपछि उनले त्यो पनि फुकालिन् र आफ्नो अन्तिम पहिरन देखाइन् ।

अन्य सेलिब्रिटीहरुको सहभागीता  यसप्रकार रह्यो:

 दीपिका पादुकोणको बार्बी लुकमा ।

रियालिटी टिभी परिवार कार्दासियनको पहिरन ।

नवविवाहित प्रियंका चोपडा र निक जोनस ।

मेट गालाकी मुख्य होस्ट एवं भोगकी सम्पादक एना विन्तोर

नायक जार्ड लेतोको कलात्मक उपस्थिती ।

अमेरिकी ड्र्याग क्विन आक्वारिया ।

नायिका यारा साहिदी ।

चर्चित गायक ह्यारी स्टाइल्स- कालो टप र हाई वेस्ट ट्राउजरमा ।

गुची फेसन हाउसका एलेसान्द्रो माइकल ।

थिएटरका मालिक जोर्डन रोथ, आफ्नो पहिरनमा पूरा थिएटर नै अटाएझैं देखिएका छन् ।

नायक माइकल उरीले एकैपटक दुईवटा लुक अपनाएका छन् ।

नायक इज्रा मिलरले निकै उत्कृष्ट मेकअप आर्ट देखाएका छन् ।

Capture

ग्फ्फग्फ्ग

घघ

ज्स्क्जक्स्जक्स्फ्द

ह्घ्ह्ज

 

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank