भारतीले किन बनाए ‘मेरो प्यारो सिन्धुपाल्चोक’ ?

शनिबार, साउन ५, २०७५

loading...


काठमाडौँ । नव गायक अमृत भारतीको ‘मेरो प्यारो सिन्धुपाल्चोक’ गीति चलचित्र सार्वजनिक भएको छ । गजलकारसमेत रहेका कुञ्चोकका भारतीको गीति चलचित्र पूर्व सूचना तथा सञ्चारमन्त्री अग्नीप्रसाद सापकोटाले सार्वजनिक गरेका हुन् ।

भारतीले गीतलाई कथाको रुप दिई संवादसमेत भरेर गीति चलचित्रको उपमा दिएका छन् । लिगेश भट्टराईको निर्देशनमा बनेको गीतमा प्रज्वल गिरी, सोनिया गिरी, सरिता राजोउपाध्याय, रिना थापा मगर, अर्जुन थापा, सुरज पराजुली, बिमल काफ्ले र संजीव ठकुरीको अभिनय छ ।

गीति चलचित्रले समाज विकासका लागि सकारात्मक सन्देश प्रवाह गर्ने भारतीको विश्वास ।  सिन्धुपाल्चोकलाई विश्वव्यापी रुपमा चिनाउन गीतिचलचित्र तयार पारेको उनले जनाएका छन् ।

गीति चलचित्रका नायकले आफ्नो गृह जिल्ला सिन्धुपाल्चोकलाई विश्वमा चिनाउन निकै संघर्ष गरेको कथा छ । परिवार, प्रेमिका र साथीहरुको सहयोग बिनै गीति चलचित्रका नायकले सफलता चुमेको कथालाई अहिलेका युवापुस्तले मन पराएको गायक भारतीले दाबी गरे ।

गीतमा सिन्धुपाल्चोकका पर्यटकीय क्षेत्रहरुको वर्णन गरिएको छ । ‘जुगल हिमाल शीर, किन मान्छौ पीर, जान्छौ भने घुम्न लान्छु सिन्धुपाल्चोक तिर’ जस्ता शब्द राखेर भारतीले सिन्धुपाल्चोकका विभिन्न पर्यटकीय गाउँ घुम्न गीतमार्फत आग्रह समेत गरेका छन् । भारती आफैको शब्द रहेको गीति चलचित्रमा समावेश गीतमा जिल्लाका प्रमुख पर्यटकीय गाउँ हेलम्बु, आमा यांग्री, ओखरेनी, पाँचपोखरी, भैरवकुण्ड, दुगुनागढी, तातोपानी, बाह्रविसे, मेलम्ची, भोटेचौरको सौन्दर्यकोसमेत बयान गरिएको छ ।

भारती र राजकुमार नेपालीले संगीत भरेको गीतमा लय तथा शब्द पनि गायक भारतीकै छ । गीती चलचित्रको छायांकन भने सिन्धुपाल्चोक र काठमाडौंको विभिन्न स्थानमा गरिएको छ ।

गीति चलचित्रको भिडियो हेर्नुहोस् 

374 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank