१२ वर्षिय बाल गायक ओस्कार शर्माकाे “मेराे देश” सार्वजनिक

मङ्लबार, कार्तिक २६, २०७६

loading...

काठमाडौं । हाल क्यालिफोर्निया स्थित सान फ्रान्सिस्कोमा रहदै आएका १२ वर्षिय बाल गायक ओस्कार शर्मा “मेरो देश” नामक म्युजिक भिडियो मार्फत वजारमा प्रवेश गरेका छन ।

यस म्युजिक भिडियोमा वालगायक ओस्कारले प्रवासमा रहदा आफ्नो जन्म देश नेपालको स्मरण गर्दै नेपालमा हुने चाडबाड, साथी संगी तथा खोलानाला, पाखा पखेरू हरूले आफ्नो मन तानिरहेको र प्रबासमा रहदा पनि नेपाली पन बाट अलग हुन नसकिने खालको भावना प्रकट गरेको देख्न सकिन्छ । वाल्यकाल देखिनै संगितमा रूचि राख्ने ओस्कारले प्रवासमा रहेर पनि नेपाली गीत संगीत लाइ विर्सेका छैनन् ।

आलोक शर्मा को संगीत र शकुन्तला पौडेलको शब्दमा रहेको उक्त म्युजिक भिडियो जिनियस डिजिटल ले बजार ब्यवस्थापन गरेको छ । भिडियोमा ओस्कार शर्मा, सफल भटृराइ, बिजय शर्मा, सुरक्षा कोइराला लगायतको अभिनय सहेको छ ।अमेरिका स्थित सान फ्रान्सिस्को सहरमा तथा नेपालका विभिन्न स्थानमा छायांकन गरिएको यस म्युजिक भिडियो को छायांकन तथा निर्देशन आलोक शर्माले नै गरेका छन । नेपालका अत्यन्तै आकर्षक स्थान हरूलाइ समेटि यस म्युजिक भिडियो तयार पारिएको यस भिडियो का संगीतकार तथा निर्देशक आलोक शर्माले वताएका छन ।

प्रवासमा रहेर पनि नेपाल तथा नेपाली संकृतिको माया मार्न नसकिने भावना ब्यक्त गर्ने ओस्कार अमेरिका भित्र हुने बिभिन्न सांगीतिक कार्यक्रममा भाग लिइसकेका तथा थुप्रै सांगीतिक प्रतियोगीतामा सफलता हासिल गरिसका छन ।

हेर्नुहोस बाल गायकको भिडियो

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata