‘मेरी कुसुम’ को दुवइमा ब्यापक चर्चा, पुन प्रदर्शनको तयारी

शुक्रबार, असार २, २०७४

loading...


चलचित्र ‘मेरी कुसुम’ ले दुवइमा ब्यापक चर्चा कमाएको छ । चलचित्र मेरी कुसुम जुन १६ तारिखका दिन शुक्रबार दुबई शहरको बुर दुबई मा अवस्थित शिन्दाघा सिटी सेन्टर मा रहेको भक्स सिनेमा लगायत विभिन्न हल हरुमा पुन प्रदर्शन हुने भएको छ । यो चलचित्रमा यूएईका चर्चीत  मोडल मोहन बोगटीको डेभ्यु रहेको छ  । पहिलो केहि हप्ता अघि यू ए ई मा रहेका विभिन्न सिनेमा हल मा सफल प्रदशन गरिसकेको मेरी कुसुम दर्शक हरुको बिशेष अनुरोधमा पुन प्रदर्शन गर्न लागेको हो । नायक बोगटीका अनुसार चलचित्र हेरिसकेका दर्शकबाट राम्रो प्रतिक्रिया आएको छ । धेरै दर्शक हरुले पुन चलचित्र हेर्ने मन गरेको र पहिले हेर्न छुटेका हरुबाट समेत चलचित्र हेर्ने ठुलो चाहना राखिएकोले चलचित्रको पुन प्रदशन गर्न लागिएको बताइएका छन ।

एन.आर. घिमिरेको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा नायिका हर्षिका श्रेष्ठ र नायक मोहन बोगटीको लिड अभिनय रहेको छ । चलचित्र एक्शन प्रदान रहेको र साथमा प्रेमको कुरालाई पनि मुलधार बनाएर चलचित्रको निर्माण गरिएको छ । रुद्राक्ष फिल्म्सको प्रस्तुति रहेको चलचित्रमा दिब्य राज सुबेदीको छायांकन , टंक बुढाथोकीको संगीत , सम्राट बस्नेतको द्वन्द र कविराज गहतराजको नृत्य निर्देशन रहेको छ । चलचित्रको निर्मात्री भने सुनिता शर्मा बोगटी रहेकी छिन् ।

310 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank