सचिन थापाको शब्द संगीत र अर्पणाको स्वरमा माथि चौतारीमा कुरौला भिडियो सहित

सोमवार, चैत्र १०, २०७६

loading...


काठमाडाैं ।  विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरर्स कोभिड–१९ै का कारण नेपाली चलचित्र उद्योग पूर्ण रुपमा प्रभावित भए पनि नेपाली सांगीतिक छेत्रमा भने केहि गीतहरु सार्वजनिक भैरहेका छन ।

यसै क्रममा लोकप्रिय गायिकाअर्पणा श्रेष्ठले नयाँ गीत माथि चौतारीमा कुरौला बोलको गीत सार्वजनिक गरेकी छिन । सचिन थापाको शब्द ,सगीत रहेको गीतको म्युजिक भिडियोमा सपना ,सचिन,एलेक्स ,सिदार्थ , लगायतको अभिनय रहेको छ । गीतमा जनमानसको जिब्रोमा नआउने अर्थात् भुलीसकेका शब्दहरु पनि परेका छन जसले गीतलाई गहन बनाएका छन् ।

सचिन थापाको निर्देशनमा बनेको भिडियोमा शिलन लम्सालको सम्पादन र अर्जुन सापकोटाको सिनेमाटोग्राफी रहेको छ। लोकप्रिय गायिका अर्पणाको स्वरमा यसअघि पनि धेरै गीतहरु र म्युजिक भिडियोहरु बजारमा आइसकेका छन । साथै उनले चर्चित गायकहरु सुगम पोखरेल, नबिन के भट्टराई, कमल खत्री लगायतसंग डोएट गीत गाइसकेकी छिन ।

जसलाई दर्शकले धेरै मन पराएका थिए । यो गीतलाई पनि यसअघिका गीतहरुलाई जस्तै माया गरिदिन श्रोता,दर्शक एबम मिडिया हाउसलाई गायिका अर्पणाले आग्रह गरेकी छिन ।

हेर्नुहाेस भिडियाे

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments