विश्वराम कार्कीको “मत मर्छु होला”गीतको भिडियो सार्वजनिक

बिहिबार, भदौ २१, २०७५

loading...


काठमाडौं । गायक विश्वराम कार्कीको सुमधुर आवाजमा रहेको आधुनिक गीत ‘मत मर्छु होला’को म्युजिक भिडियो सार्वजनिक भएको छ । विभिन्न चर्चित गीतहरु सांगीतिक बजारमा पस्किसकेका गायक विश्व आरके सुमधुर स्वरका धनि मानिन्छ ।

विभिन्न स्टेज कार्यक्रम इभेन्टहरुमा समेत आफ्नो जादुमय आवाजले दर्शक श्रोतालाई मनोरंजन दिन सफल गायक विश्वरामको ‘मत मर्छु होला निकै लोकप्रिय रहेको छ । सुदिप सापकोटाको शब्द रचना रहेको यस गीतमा रमेश श्रेष्ठ (मेलोडी) को संगीत कम्पोज रहेको छ ।

छायांकार तथा निर्देशक अमृत सुनुवारको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा मोडल कविता, गायक विश्वराम कार्की र जिवनको अभिनय रहेको छ । माधव बेलबासेको सम्पादन रहेको भिडियोलाई आषिश बस्नेतले छायांकन गरेका छन् ।

हेर्नुहाेस भिडियाे :

185 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank