सपुतको अर्को तिज गीतको भिडियो सार्वजनिक भिडियो सहित

बुधबार, साउन १६, २०७५

loading...


काठमाडौँ ।

नवगायक संकल्प चापागाईको तीज गीत ‘मरक्–मरक्क मर्काउँदै कम्मर’ बजारमा आएको छ ।

सन्तोष बरालको शब्द तथा प्रदिप त्रिपाठीको लयमा सम्झना भण्डारी र संकल्प चापागाईको स्वरमा रहेको तीज गीतमा पछिल्लो समय चर्चामा रहका मोडल तथा गायक प्रकाश सपुतको अभिनय रहेको छ ।

उक्त भिडियोमा तीजको बेला माईती जाने चेलीको ब्यथा उल्लेख गरिएको गायक संकल्प चापागाईले बताए ।

पोखराको बागमारामा छायांकन गरिएको गीतको भिडियोलाई सन्दीप खनालले कैद गरेका हुन् भने सुबास अम्गाईले सम्पादन तथा राम लामाले निर्देशन गरेका हुन् । भिडियोमा प्रकाश सपुतको साथै संकल्प चापागाई, सरीता ढकाल, निशा खड्का, बलराम पौडेल, शंकर चापागाई र सगुन थापाको अभिनय रहेको छ ।

भिडीयो हेर्नुहोस ।

59 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank