र्याप गाउने कलाकार पनि भजनमा झुमे

मङ्लबार, पुस २६, २०७३

loading...


सत्य युुगमा महादेवले सतीदेवीको मृत शरीर बोकेर विश्व भ्रमण गर्दा सतिदेवीको अन्तिम अंग पतन भएको छाँयाक्षेत्र धार्मिक पर्यटनको गन्तव्य हो । जुन सल्यानको छाँयाक्षेत्र १ मा अवस्थीत छ । दाङ– सल्यान– रुकुम सडकखण्डको घोप्टे अम्राइ भन्ने स्थानबाट करिव साडे ३ किलोमिटरको दुुरीमा अवस्थित छाँया क्षेत्र मोक्ष प्राप्ति गर्ने पुण्य भूूमि भएको धार्मिक विश्वास छ । र उक्त पुण्य भुमिमा गत विहिबार कलाकार तथा पत्रकारको टोलि पुग्यो ।

सल्यानको महोत्सवमा आएका केन्द्रीय तथा जिल्ला स्तरका कलाकारहरु छत्रेश्वरि सतिपिठमा पुगेर दर्शन, पुजाअर्चना, भजनकृतन र भोजन समेत त्यहिँ गरे । छाँयाक्षेत्र सल्यान सदरमुुकाम खलंगादेखि १९ किलोमिटर दक्षिण पूूर्वमा पर्दछ । सल्यानको शारदा नदीको पूूर्वतिर अवस्थित छाँयाक्षेत्र धार्मिक हिसाबले जतिसुकै महत्व भएपपनि प्रचारप्रसार हुुन नसक्दा पर्यटन प्रर्वद्धन हुुन सकेको छैन । विहिबार त्यहाँ पुगेका कलाकारले छत्रेश्वरि भगवती मन्दिरको प्रचारप्रसार गर्ने वाचा सहित भजन समेत गाए ।

कलाकारहरु राष्ट्रिय लोक तथा दोहोरि गित प्रतिष्ठान नेपालका केन्द्रीय सचिव कृष्ण रेउले, प्रतिष्ठानका सल्यान सचिव तथा पत्रकार शंकर के सी, चर्चीत गायक तथा मोडल दुर्गेश थापा, गायक हेमन्त शिशिर, र्यापर तथा संगीतकार मिस्टर आरजे, लोक दोहोरि गायक शक्ति चन्द, भुवन विश्वकर्मा सहितको टोलिले त्यहाँका नागा बाबा हरिशंकरका चेला नागाबाबा उमेस गिरी र छत्रेश्वरि सतिपिठ, क्षेत्र विकास समितीका अध्यक्ष प्रेम बहादुर भण्डारी र स्थानीय जानकार बुद्धिजिवि लोकराज आचार्यसंग छत्रेश्वरिको महत्वको बारेमा जानकारि लियो ।

सो अवसरमा गायक कृष्ण रेउलेले भने– ‘छाँयाक्षेत्र आफै छाँयामा परेको जस्तो देखियो, यसर्थ यसको प्रचारप्रसार र प्रवद्र्धनमा हामी पनि अव साथ दिनेछौँ ।’ यस्तै गायक तथा मोडल दुर्गेश थापाले विशवका ५ धाम मध्ये एक धाम सल्यानको छाँयाक्षेत्र हो भन्ने कुरा सुनेको भएपनि पहिलो पटक पाइला टेकने अवसर पाएकोमा खुसि व्यक्त गर्दै देशविदेशका विभिन्न कार्यक्रममा जाँदा छत्रेश्वरिको प्रचारप्रसार गर्ने जनाए ।

721 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank