मनिषा कोइराला र उनको जीवन भोगाई

सोमवार, पुस ४, २०७३

loading...


नेपालको अस्थिर राजनीतिले बलिउड अभिनेत्री मनीषा कोइरालालाई मन भित्रैदेखि बिथोल्छ । संसारको जुनसुकै स्थानमा पुगे पनि उनी सामाजिक सञ्जालमार्फत नेपालका बारेमा अपडेट रहन्छिन् । ‘म नेपालकी छोरी हुँ । मलाई बढी माया नेपालकै लाग्छ’, अभिनेत्री कोइरालाले भनिन्, ‘नेपालको लागि केही गर्ने मेरो चाहना छ तर खोइ के नमिलेको हो, मैले नै बुझ्न सकेको छैन ।’

भारतको अमृतसरदेखि बनारससम्मको यात्रामा रहेकी मनीषा दुई दिनका लागि भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासको पाहुना बनिन् । सो अवसरमा उनले अन्नपूर्ण पोस्ट्का लागि झन्डै एक घन्टा नेपालको सेरोफेरोमा रहेर कुराकानी गरिन् । ‘व्यक्तिगत स्वार्थमा लिप्त भएको छ नेपाली राजनीति । त्यसैले मुलुकको भविष्य अन्योल छ’, कुनै पार्टी विशेषको उनले भनिन्, ‘यति सानो तर सुन्दर मुलुक फुटको राजनीतितर्फ उन्मुख छ ।

यसले नेपाल र नेपालीको हित गर्दैन ।’ अभिनेत्री कोइरालाले संसारको जुनसुकै कुनामा पुगे पनि नेपालीको अस्तित्व नेपालको परिचयसँग गासिएका देश समृद्ध होस् भन्ने चाहना व्यक्त गरिन् ।

सन् १९९० को दशकमा बलिउडमा सफल अभिनेत्रीका रूपमा चिनिएकी मनीषामा अब भने चलचित्र क्षेत्रमा त्यति धेरै मोह छैन । चलचित्र क्षेत्रको रंगीन संसारबाट आफू अलग हुँदै गएको उनले स्पष्ट पारिन् । ‘हुन त चलचित्र मेरो जिन्दगीको एउटा हिस्सा हो तर चलचित्र नै भएन भने जिन्दगी सकियो भन्ने होइन’, उनले भनिन् । हिजोआज बलिउडमा मनीषाको व्यस्तता त्यति छैन पनि ।

आगामी फेब्रुअरीमा रिलिज हुने भनिएको चलचित्र ‘डियर माया’पछि मनीषाको हातमा अर्को चलचित्र छैन । तर सामाजिक एवं पर्यटकीय प्रवद्र्धनात्मक कार्यक्रममा भने उनी व्यस्त नै छिन् । ‘यस्ता कामका लागि धेरै निमन्त्रणा आउँछन् तर कार्यक्रमको प्रकृति हेरेर यदि मैले केही योगदान दिन सक्छु जस्तो लाग्यो भने जान्छु, सहभागी हुन्छु’, उनले भनिन् ।

‘क्यान्सरलाई जितेपछि मैले जीवनको महत्व बुझेँ । परिवारको मूल्य थाहा पाएँ । त्यसैले हिजोको जस्तो जीवन अब बिताउँदिनँ ।’ आध्यात्मिक र भौतिक दुवै पक्षलाई सन्तुलन गरेर बाँच्न जानियो भने जीवन सरल हुने उनको निष्कर्ष छ ।

कोइराला परिवारको राजनीतिक पृष्ठभूमि बोकेकी मनीषा आफू राजनीति नबुझ्ने बताउँछिन् । ‘राजनीतिमा भिज्न चलाखीपन चाहिन्छ । म त्यस्तो चलाख छु जस्तो लाग्दैन’, उनले कारण खोलिन् । मनीषाले कोइराला परिवारको राजनीतिक विरासतलाई अगाडि बढाउने वा राजनीतिमा आउने सम्भावनाका सन्दर्भ कुरा त्यत्तिमै टुंग्याइन ।

उनलाई सामाजिक कार्य गर्न मन लाग्छ तर पार्टीवाद यति धेरै छ कि कहाँबाट कसरी सुरु गर्ने भन्ने मेलो नै थाहा नपाएको उनको भनाइ छ । ४६ वर्षीया मनीषाले बलिउडलाई कर्मक्षेत्र बनाए पनि भारतमा नेपालको पर्यटकीय प्रवद्र्धनमा योगदान पुर्याउन सक्ने सम्भावना निकै छ ।

अमृतसरको एक पर्यटकीय प्रवद्र्धन कार्यक्रममा भाग लिएर नयाँदिल्ली आइपुगेकी मनीषाले भनिन्, ‘केन्द्र सरकारसँग मिलेर स्थानीयले त्यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा गरेको प्रयास हेर्दा भारतमा नेपालको पर्यटकीय प्रवद्र्धनको सम्भावनालाई हामीले क्यास गर्न नसके जस्तो लाग्यो ।’ नेपाली दूतावासले आगामी दिनमा गर्ने कार्यक्रममार्फत यसबारेमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि जनाइन् । अन्नपूर्णपोष्टबाट

1497 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank


error: Content is protected !!