क्याटवाक गर्दा-गर्दै लडेर मोडलको मृत्यु

आइतवार, बैशाख १५, २०७६

loading...


साओ पाउलो फेसन विकमा भाग लिएका एक मोडलको क्याटवक गरिरहेकै बखत लडेर मृत्यु भएको छ ।

Model Tales Soares lies on the catwalk as a paramedic tends to him after he collapsed during Sao Paulo Fashion Week in Sao Paulo, Brazil, Saturday, April 27, 2019. A statement from organizers said that Soares died after taking ill while participating in the Sao Paulo's Fashion Week. (Leco Viana/Thenews2 via AP)

तेल्स सोअरेस नाम गरेका २६ वर्षिया युवक फेसन ब्रान्ड ओक्सालाई प्रतिनिधित्व गरिरहेका बेला रनवेमा लडेको जानकारी दिइएको छ । वक्तव्य अनुसार क्याटवक गरिरहेका उनी लडे लगत्तै रनवेमा चिकित्सा टोली पुगेको थियो  । उनलाई अस्पताल पुर्याइएको थियो जहाँ उनलाई डाक्टरले मृत घोषित गरे ।

gettyimages-1139687613-e1556416651499

डेली फोल्हा डे एस पाउलोका अनुसार सोअरेस आफूले लगाएको जुत्ताको तुनामा अल्झिएपछि लडेका हुन्  । उनी बिरामी रहेको हुनसक्ने आशंका गरिएको छ तर वक्तव्यमा थप विवरण दिइएको छैन ।

gettyimages-1139687587-1

भिडियोमा हेर्नुहोस्,

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata