हरी थापा र टिएम केसीको स्वरमा मलाई के मतलब म्युजिक भिडियो सार्वजनिक

शनिबार, माघ १९, २०७५

loading...


काठमाडौं ।  गायक हरी थापा र टिएम केसीको स्वर रहेको मलाई के मतलब म्युजिक भिडियो सार्वजनिक भएको छ ।  उक्त गीतमा शब्द मधु सुदन डांगीको रहेको छ । सार्वजनिक उक्त गीतमा दुर्गेश थापासगैँ जुना सुन्दासको अभिनय रहेको छ । गीतको म्युजिक भिडियोलाई निर्देशक क्रान्ति केसीले निर्देशन गरेका छन् ।

यस भन्दा पहिले पनि नयाँ सैलिका गीतहरु प्रस्तुत गर्दै आएका क्रान्ति केसीले यसलाई नयाँ तरिकाले प्रस्तुत गरेका छन् । गीतमा हरी थापाले नै संगीत भरेका हुन् भने कृष्ण बिकले अरेन्ज गरेका हुन् । यस म्युजिक भिडियोलाई अजय रेग्मीले छाँयांकन गरेका हुन् ।

यस्ताे छ भिडियाे

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata