शान्तीको गीतमा कुनैबेला भावुकता कुनै बेला उत्तेजना

आइतवार, फाल्गुन २२, २०७३

loading...


रुकुम । मध्यपश्चिम रुकुम महोत्सवमा चर्चित गायीयका शान्तीश्री परियारले दर्शकको मन जित्न सफल भएकी छन् । दर्शकको चाहाना अनुसारको टप्पा गित गाएर उनले दर्शकलाई नचाएकी हुन् । सगालैको बारीमा तोरी हरियो बोलको टप्पा गितमा आयोजक र दर्शक शान्ती सँगै नाचेका थिए ।

२१ गतेको दिन करिव १२ हजार दर्शकले महोत्सव अवलोकन गरेको आयोजक समितीका सदस्य एवं सांस्कृतिक उपसमितीका संयोजक तिलक खड्काले बताए । सातो फुक झाँक्रीबा, बुहारी सुत्केरी लगाएतका तिजका गितकी गायिका शान्तीश्री रुकुम आउँदै छिनरे भन्ने सुनेपछि गाँउ गाँउका बृद्धा देखी साना नानीहरुको भिड थियो ।

उनका गितमा अधिकांश महिलाहरु नाचेका थिए । यसै गरी शान्तीले आफ्नो प्रस्तुतीको सुरुमै कर्कलाको पानी झै भयो जीवन भन्ने बोलको गित म्युजिक बिना गाउन थालेपछि दर्शकहरु निकै भावुक बनेका थिए । त्यसपछि उनले झनै भावुक बनाइन् बिर्सनेलाई सम्झेर किन यो मन रुन्छ बोलको गित गाएर । उनका त्यसपछिका प्रस्तुती भने दर्शकलाई नचाउने खालका थिए ।
सुरुमा भावुक हुने गितबाट प्रस्तुती सुरु गरेकी शान्तीले बिस्तारै माहोल तताएकी थिइन् । माया जालमा डुबेमा चुर्लुम्म, हाइ डार्लिंग हाई डार्लिंग भन्नेले लग्यो मन चोरी, मेरो घरबार भाछैन, हाम्रो मायामा राजनिति भो, सगालैका बारीमा तोरी हरियो लगाएतका गित प्रस्तुत गर्दा दर्शकदिर्घामा नाच्नेहरुको भिड थियो भने मञ्चमा आयोजक र अन्य कलाकारहरु नाचीरहेका थिए ।

यसै गरी गायक कृष्ण रेउले, कामना ओली लगाएतका प्रस्तुतीले पनि दर्शकलाई थप उत्साहित बनाएको थियो । कार्यक्रममा हास्यव्यंग्य जि फर जंगल पनि प्रस्तुत भएको थियो । कलाकार नेत्र रावत र कुशलभ के.सी चर्चित हास्य टेलीश्रीखंला खासखुस, पुर्परो र हाकाहाकीका निर्देशक समेत रहेका रावत र कशुलभले गरेको प्रस्तुतीले वनविनास रोक्नुपर्नेमा सबैको ध्यान जावस भन्ने सन्देश दिएको थियो ।

1600 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank