मधेशी पुत्र २ फिल्म चैत्र ९ गते देशभर प्रर्दशन हुने

बुधबार, फाल्गुन २३, २०७४

loading...


काठमाडाै‌ । यहि चैत ९ गते बाट देशै भर मधेशको कथा उठाईएको फिल्म मधेशी पुत्र २ प्रदर्शनमा आउने भएको छ । नेपाली र भोजपुरी दुवै भाषामा रहेको यस सिनेमाले समग्र देशको राजनीतिक कथा लाई उठाएको छ । बिशेष मधेस आन्दोलनको कथा उठाएको यस फिल्मले सेन्सरमा थुप्रै लफडा खेप्नु परेको निर्देशक निराजन कुमार मेहेताले बताए । तराईको राजनीतिक कथा भएकोले सेन्सरमा गाह्रो भएको हो तर सेन्सर सदृश्यहरुबाट भने फिल्मको राम्रो तारिफ पाएको छ । ूअहिले सम्मको भोजपपुरी फिल्मको इतिहासमा नै मधेशको कथा भएको सिनेमा नबनेको र प्रदर्शनमा पनिं देशैभर एकै साथ् रिलिज नभएको इतिहास नेपाली सिनेमा नगरीमा रहेको छ र यो ईतिहास अब मधेशी पुत्र २ ले कोर्नेछ । निर्देशक मेहेताले भने ।

देशैभर करिब ३५ ओटा भन्दा बढी सिनेमा घरबाट प्रदर्शनमा आउने यस फिल्मलाई बिशेष तराईका दर्शकहरुलाई केन्द्रित गर्ने बताए वितरक सुरज खड्काले । निर्माता उदित नारायाण शाह अरुणको सोलो लगानीमा निर्माण भएको यस फिल्म अनुराग फिल्म्सको सातौ प्रस्तुति हो । तराईका बिभिन्न जिल्ला सप्तरी, सिरहा , धनुषा र भैरवा लगायतका स्थानमा छायांकन गरिएको यस फिल्ममा नायक तथा निर्देशक निराजन कुमार मेहेता , निता घिमिएर , धुर्ब कोईराला , प्रविन लाल यादब , मनोज राज देब यादब म उषा पाण्डे, लगायतकाको अभिनय रहेको छ ।

यस फिल्मले केहि दिन अघि राजधानीमा बिभिन्न क्षेत्र संग सरोकार राख्ने व्यक्तिहरु र कलाकारहरुको लागी गरेको बिशेस सो बाट पनि निकै राम्रो तारिफ पाएको थियो । फिल्म मधेशी पुत्र २ यहि चैत ९ गते बाट देशै भर प्रदर्शनमा आउने भएको छ ।

929 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank