‘सबैले भारी छ भनेर भन्दा भन्दै पनि आँट गरेरै छाडें’: निर्देशक सरिता शाह

पश्चिमी नेपालको सीमावर्ती गाउँको कथा 'लू'

शुक्रबार, चैत्र ११, २०७३

loading...


गत शनिवार साँझ ५ बजेको समय काठमाडौमा हल्का सिमसिम पानी परिरहेको थियो । यो दृश्य हो काठमाडौको माईतीघरको मण्डला थिएटरको जहाँ कुनै पानी र चिसोको परवाह नगरी दर्शक ओइरिएका थिए ‘लू’ नाटक हेर्नका लागि । खचाखच दर्शकका माझमा एकाएक निर्माता गोपाल अर्याल आएर नाटक अनुशासित भएर हेरिदिन आग्रह गर्छन र नाटकको समय १ घन्टा ३५ मिनेट रहेको बताउँछन् । सुरुमा सुन्दा नाटकको समय लामै भएको भान गरेपनि जब नाटकका दृश्यहरु पर्दामा देखाइन थाल्छन दर्शकका तालीले मण्डला थिएटर गुञ्जायमान बन्न पुग्दछ । कहिले हाँसोको  फोर्रा त कहिले रोदन यसरी नै बित्दछ मण्डला थिएटरमा दर्शकको १ घन्टा पैंतिस मिनेट । यतिमात्र नभइ नाटकघरबाट बाहिर निस्कदा सबैका आँखामा आँशुका दाग लत्पतिएको देखिन्थ्यो ।

हो पछिल्लो समय नेपालमा नाटकको क्रेज बढ्दै गएको सहजै अनुमान लगाउन सकिन्छ । त्यसैले होला मण्डला थिएटरमै दर्जनौ नाटकका फ्लेक्सहरु झुन्ड्याइएको पाउन सकिन्छ र दर्शक पनि एकपछि अर्को नाटक हेर्न प्रतिक्षारत देखिन्छन् ।

sarita

पश्चिमी नेपालको सीमावर्ती गाउँको कथा
भारतीय सीमावर्ती क्षेत्रको नेपाली जीवनको कथा–व्यथा उतारिएको नयनराज पाण्डे लिखित ‘लू‘ उपन्यास ९०६८० चर्चित कृति हो । सोही उपन्यासमा आधारित नाटक यतिखेर राजधानीको मण्डला थिएटर अनामनगरमा मञ्चन भइरहेको छ । उपन्यासको नाट्य रुपान्तर, परिकल्पना र निर्देशन सरिता साहले गरेकी हुन् । ताण्डव थिएटरको प्रस्तुतिमा फागुन २७ देखि सुरु भएको मञ्चन चैत २० सम्म चल्नेछ ।यस नाटकका निर्माता भने गोपाल अर्याल रहेका छन् ।

भन्निछ कुनैपनि सिनेमा र नाटकले देशको कला,संस्कृति र जनजीवन बोकेको हुन्छ । तराईलाई हरेक वर्ष विभिन्न प्राकृतिक प्रकोपले पिरोल्ने गर्छ । कहिले गर्मीको लूले, कहिले शीतलहर र कहिले बाढीले । यतिमात्र नभई आफ्नै राज्यबाट उपेक्षित हुँदै सीमापारिबाट समेत त्यतिकै पीडित छन् तराईका जनता । ।राज्यले पनि तराईलाई विभेद गर्दै आएको छ भन्दै आफ्ना विभिन्न गुनासाका  संविधान घोषणा भएलगत्तै देखि तराईबासीले आन्दोलन गरेको पनि बर्षौ बितिसक्यो तर पनि समस्याले निकास पाउन सकिरहेको छैन ।

kal

दर्शक भन्छन:तराईको वास्तविक पीडा पोखिएको रहेछ
नयनराज पाण्डेको पछिल्लो उपन्यास ‘लू’ लाई नाटकमा उतार्ने काम त्यति सहज नभएको र आफूहरुले प्रयास मात्र गरेको निर्देशक सरिता साह बताउछिन् ।
। नाटक ‘लू’ पश्चिमी नेपालको सीमावर्ती गाउँ पत्थरपुरवाको कथा हो । रोचक अनि जीवन्त लाग्ने पात्रको उपस्थितिले यथार्थको निकै नजिक दर्शकलाई पु¥याउँछ । ‘लू’ उपन्यासमा काठमाडौंको आँखाले तराईलाई हेर्ने दृष्टिकोणका बारेमा   सशक्त रूपमा पर्दामा उतारिएको छ । ‘लू’ हेर्ने दर्शकले लु लाई तराइबासीको पिडा भनेर व्याख्या गरेका छन् ।

यसका साथै ‘लू मा तराई भारतसँग सीमा जोडिएका गाउँका बासिन्दाको हार्दिक सम्बन्ध र धार्मिक सहिष्णुतालाई सहज ढंगले पर्दामा उतारिएको छ । ।

नाट्य रूपान्तरणका क्रममा सीमापारिका विकृति विसंगतीलाई पनि राम्रोसँग चित्रण गरिएको छ । सिमापारीका केही खराब व्यक्तिहरूद्वारा त्यहाँ सिमानामा रहेका हाम्रा नेपाली नारीमाथि गरेको अत्याचारलाई जीवन्त पार्न खोजिएको छ । तराईका गाउँको परिवेश, त्यहाँको रहनसहन, भ्रातृत्व, अन्तरजातीय प्रेमजस्ता विविध पक्षलाई जीवन्त र कलात्मक रुपमा देखाइएको छ  ।

उपन्यासका सशक्त पात्रहरू चमेली, गोवरी, अमरपाल सिंह, महेश्वर, पछुवा, टुटे पण्डित, नुसरत, करिम, बज्रंगी, बृजलाल, मुनियालाई कलाकारले नाट्य रूपान्तरणका क्रममा जीवन्तता दिएका छन् । ‘लू’मा ताण्डव थिएटरका मिलन डी काप्री, आरजु खरेल, एना देउजा, सरस्वती अधिकारीलगायतले मुख्य भूमिका निर्वाह गरेका छन् । उपन्यासलाई ताण्डप थिएटर नेपालका कलाकारहरूले नाट्यकरणको राम्रो प्रयास गरेका छन् । जुन प्रशंसा योग्य नै छ भन्दा अत्युक्ति नहोला ।

‘लु’ नाटक निर्माणबारे प्रष्ट पार्दै सरिता शाह भन्छिन,’रहर भनौं वा अवसर नाटक त निर्देशन गर्नु नै थियो । साथ,हौसला पनि पाएकै हो । तर कथावस्तु कस्तो खोज्ने भन्नेमा अन्यौल थियो यसैक्रममा यो लु उपन्यास यस्तो एउटा कथा थियो जसले मलाई मेरो गाउँ घर र परिवेशमा पुराएको थियो । तर मनमनै डर पनि थियो कि यति चर्चित उपन्यासलाई नाटकमा कसरी देखाउने । धेरै अग्रजहरुलाई सहयोग मागें,सल्लाह सुझाव लिएँ सबैको जवाफ एउटै थियो ‘यो उपन्यास एकदमै भारी छ ’अनि भारी नै भएपनि काम सुरु गरें । भारी भनेर काम छोड्नु की आँट गर्नु । यो मेरो शाहस मात्र हो  ।’

‘लु’ उपन्यासलाई लिएर डेढबर्ष देखि घोत्लिएकी सरिता बैनीले एकाएक निर्माण गर्नुपर्यो भन्ने प्रस्ताव राखेपछि आफूले पछि हट्न उचित नठानेको बताउछन निर्माता गोपाल आर्याल।उनी भन्छन, ‘नढाँटी भन्नुपर्दा हाम फालेकै हो’

1092 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank