गायक कमलको गीत ‘लभ पर्ला जस्तो छ’ सार्वजनिक

मङ्लबार, पुस ११, २०७४

loading...


काठमाडौँ, गायक कमल किरणको नयाँ गीत ‘लभ पर्ला जस्तो छ’ सार्वजनिक भएको छ । डढेलो सर्यो किन, कोहि भन्छन अमेरिका, तल्ला घरे सान्ननीको जस्ता गीतबाट चिनिएका किरण विगत एक दशकदेखि निरन्तर नेपाली गीत संगीतमा आवद्ध छन् ।

सवै खाले गीत गाउने कमलको ‘लभ पर्ला जस्तो छ’ मा शब्द, संगीत उनकै रहेको छ । राकेश सोनीको एरेन्ज गरेका छन् । निर्माण भएको भिडियोलाई अप्सन मिडिया एण्ड इन्टरटेन्मेण्टले बजार व्यवस्थापन गरेको हो ।

भिडियोमा ओम प्रसाईको छायांकन बिष्णु खड्का (आर्यन) को सम्पादन, राजिव समरको कोरियोग्राफी र प्रकाश धितालको निर्देशनसंगै रिया श्रेष्ठ, बिकाश र दिपकको अभिनय रहेको छ ।

145 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank