कलाकार थापाले ल्याए लिपुलेक लिम्पियाधुरा(भिडियाे सहित)

शुक्रबार, जेष्ठ २३, २०७७

loading...


काठमाडाैं । सुदुपश्चिमका देउडा सर्जकका  रूपमा चिनिने कलाकार लाल बहादुर थापाले लिपुलेक लिम्पियाधुरा सम्बन्धि नयाँ काेशेली बजारमा ल्याएका छन ।

बाल्यकालदेखी नै देउडा संस्कृतिका क्षेत्रमा शब्द, संगित र अावाज मार्फत संस्कृति जगर्नेमा लागेका थापाले २०४६ साल देखी जनताका पक्षमा गीत गाएर चर्चा बटुल्दै अाएका छन । थापाले विद्यालयदेखी, गाइगोरु चराउँदा सांगित दुनियाँमा लागिपरेका थापाले दर्जेनौं क्यासेट एल्बम ल्याउन सफल भएका छन । आफनै लय, आफनै शब्द सिर्जना आफै एरेन्ज गर्ने थापाले दुई दशक बढि सांगितिक क्षेत्रमा अहोरात्र खटिरेहका छन ।

केहि समय अघि दाशढुंगा हत्याकाण्ड सम्बन्धि सांगितिक काेशेली फस्केका थापाले यतिबेला राष्ट्रवादी गित लिपुलेक,लिम्पियाधुरा ल्याएका छन । उक्त गितमा राष्ट्रियताकाे लागि सम्पूर्ण नेपाली जनता एक जुट हुनु पर्ने बताएका छन । पश्चिम नेपालमा रहेकाे लिपुलेक लिम्पियाधुरा भारतले दाबी गरेपछि उनले उक्त राष्ट्रवादी गित ल्याएका छन । उनले पुर्खाहरूले कालुपाण्डे, बीर बलभद्रका सन्तान भएर सहन नसकिने बताएका छन । उनले देशका निम्ति सहीद बन्न परेपनि छाति छिरेर लड्नु पर्ने सन्देश गित मार्फत व्यक्त गरेका छन ।

हेर्नुहाेस कलाकार थापाकाे राष्ट्रवादी गित 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments