एलजी सिने सर्कल अवार्ड साउन २३ मा

सोमवार, असार २६, २०७४

loading...


सिनेमा सर्कल नेपालको आयोजना र द दिनेश डिसी प्रोडक्सनको व्यवस्थापनमा हुन लागेको एलजी सिने सर्कल अवार्ड यही साऊन २३ गते हुने भएको छ । यस अघी साउन २२ गते गर्ने भनीएको अवार्ड सोही दिन म्युजीक अवार्ड पनि परेकोले एक दिन सारिएको आयोजक कमीटी प्रमुख दिनेश डिसीले फेसबुक मार्फत जानकारी गराएका छन् ।

गत बर्ष सम्माननीय ऊपराष्ट्रपति ज्यूको साथमा बलिऊड अभिनेता एंव एम.एल.ए. सत्रुधन सिन्हा देखी ऊद्योगप़ती बिनोद चौधरी सम्मको ऊपस्थीतीमा ऊत्कृष्ट प्रस्तुतिकरणका साथमा भएको अवार्ड बर्षकै उत्कृष्ट अवार्ड बनेको थियो । सिनेकर्मीको आशा एंव विश्वासको अवार्ड भएकोले सिनेकर्मी र संगीतकर्मी बॉडिन नदिन आयोजक कमीटिले मिति सारेको डिसीले फेसबुक मार्फत बताएका छन् । यस बर्ष नेपाली चलचित्रमा निजि लगानी सुरु भएको एकाऊन्नौ बर्षको महोत्सवको रुपमा यो अवार्डलाई मनाऊने भनीएको भएता पनि कार्यक्रमको स्वरुप कस्तो हुन्छ भन्ने भने खुलाईएको छैन ।

यो वर्ष पनि केही नयॉ प्रारुप सहित हुन लागेको अ़वार्डलाई चर्चित चन्द्रागीरी हिल्सले प्रस्तुत गरेको छ भने संधै झैं एल जी ले टाईटल प्रयोजन गरेको छ। कार्यक्रमलाई आईएमई ग्रुपले मुख्य सपोर्ट गरेको बताईएको छ ्र भाटभटेनी सुपर मार्केट, नेपाल टेलीकम र डिसहोमको प्रायोजन रहेको कार्यक्रम राजधानी स्थित आर्मी अफिसर्स क्ल्वमा हुने निर्देशक एंव अवार्ड प्रवन्धक दिनेश डिसीले वताए । कार्यक्रममा प्रस्तुति दिने कलाकारको नाम प्रत्येक दिन एक जना को नाम प्रकाशन गर्ने क्रममा कलाकार निर्देशक तुलसी घिमिरे , गायक राजेशपायल राई र कलाकार झरना थापाको नाम सार्वजनिक भईसकेको छ। कार्यक्रममा ४ पुस्ताका नेपाली कलाकार हरूको प्रस्तुति रहने बताईएको छ।

727 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank