एलजी सिने अवार्डमा चर्चित नायिका स्वस्तिमा खड्काको पनि प्रस्तुति रहने,अब २७ दिन मात्र बाँकी

मङ्लबार, असार २७, २०७४

loading...


होस्टल रिटर्न्स र लभ लभ लभ पछि दर्शक र निर्माताहरूको पहिलो रोजाईमा रहेकी अहिलेको निकै नै चर्चित नायिका स्वस्तिमा खड्का पछिल्लो समय कुटुमा कुटु गीत बाट सबै दर्शक स्रोताको मन मन्दिरमा बसेकी छिन् ।चन्द्रागिरी हिल्सको प्रस्त्तिमा हुन लागेको एलजी सिने अवार्ड कार्यक्रममा उनले पर्फम गर्ने आयोजकले बताएका छन् ।

कार्यक्रममा प्रस्तुति दिने कलाकारको नाम प्रत्येक दिन एक जना को  प्रकाशन गर्ने क्रममा हालसम्म आयोजकले कलाकार निर्देशक तुलसी घिमिरे , गायक राजेशपायल राई र कलाकार झरना थापा र नायिका स्वस्तिमा खड्काको नाम सार्वजनिक गरेका छन् । कार्यक्रमलाई आकर्षक र  रोचक बनाउनका लागि ४ पुस्ताका नेपाली कलाकार हरूको प्रस्तुतिको तयारी गरिएको आयोजकले बताएका छन् ।

 विभिन्न  तिप्राप्त कलाकारहरुको प्रस्तुतिसँगै एलजी सिने अवार्ड यसबर्ष सबैको आकर्षण बन्न पुगेको छ । जसका लागि सिने क्षेत्रसँग सम्वन्धित र नेपाली सिनेमालाई माया गर्ने मानिसहरु व्यग्र प्रतिक्षामा रहेका छन् ।

598 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank