पार्श्व गायिका लता मंगेशकर गम्भीर बिरामी

मङ्लबार, कार्तिक २६, २०७६

loading...


काठमाडौं । प्रख्यात एवम् सम्मानित पार्श्व गायिका लता मंगेशकर गम्भीर बिरामी परेकी छन् । सर्वश्रेष्ठ गायिकाको सम्मान पाएकी मंगेशकरको मुम्बईको ब्रीच केन्डी अस्पतालको आईसीयूमा उपचार भइरहेको छ ।

छातिमा भाइरल इन्फेक्सनको समस्या देखिएपछि हिजो(सोमबार) दिउँसो उनलाई अस्पताल लगिएको थियो । लता मंगेशकरको तर्फबाट अनुशा श्रीनिवासनले जारी गरेको विज्ञप्तिमा लेखिएको छ– “लता मंगेशकरको उमेरको ख्याल राख्दै अस्पतालमा भर्ना गरिएको छ र स्वास्थ्य स्थिर छ ।”

स्वास फेर्न समस्या भएपछि ९० वर्षीया लतालाई मुम्बइको ब्रिज क्यान्डी अस्पताल पुर्‍याइएको पारिवारिक स्रोतले पनि पुष्टि गरेको खबर भारतीय सञ्चार माध्यमले लेखेका छन् ।

सन् १९४२मा गाउन शुरु गरेकि उनले एक हजार भन्दा बढी बलिवुडका चलचित्रहरूमा ३६ भाषाहरूमा स्वर दिएकी छिन। उनी आशा भोसले, ह्रिदयनाथ मंगेशकर, उशा मंगेशकर र मीना मंगेशकरको दिदी हुन।

भारत रत्न, दादा साहब फाल्केजस्ता सम्मानबाट सम्मानित लता मंगेशकर भारतीय सिनेमा जगतको सर्वश्रेष्ठ गायिका मानिन्छिन् । उनले कैयौं नेपाली गीत पनि गाएकी छन् । मंगेशकर गिनिज बुकमा सन् १९७४ देखि १९९१ सम्म सबैभन्दा बढी गितहरू रेकर्ड गराउने गायिकाको रूपमा दाखिल थिईन।

पुरस्कारहरू :

  • फिल्म फेयर पुरस्कार (१९५८, १९६२, १९६५,१९६९, १९९३ ऱ १९९४)
  • राष्ट्रिय पुरस्कार (१९७२, १९७५ ऱ १९९०)
  • महाराष्ट्र सरकार पुरस्कार (१९६६ ऱ १९६७)
  • १९६९ – पद्म भूषण
  • १९७४ – गिनीज बुक रेकर्ड
  • १९८९ – दादा साहब फाल्के पुरस्कार
  • १९९३ – फिल्म फेयर – लाईफ टाइम अचीवमेन्ट पुरस्कार
  • १९९६ – स्क्रीनको लागि लाईफ टाइम अचीवमेंट पुरस्कार
  • १९९७ – राजीव गान्धी पुरस्कार
  • १९९९ – एन.टी.आर. पुरस्कार
  • १९९९ – पद्म विभूषण
  • १९९९ – जी सिने का का लाईफ टाइम अचीवमेंट पुरस्कार
  • २००० – आई. आई. ए. एफ.को लाईफ टाइम अचीवमेंट पुरस्कार
  • २००१ – स्टारडस्टको लाईफ टाइम अचीवमेंट पुरस्कार
  • २००१ – भारतको सर्वोच्च नागरिक सम्मान “भारत रत्न”
  • २००१ – नूरजहाँ पुरस्कार
  • २००१ – महाराष्ट्र भुषण इत्यादि ।
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata