अछामी बड्डोको बैकीनीको भर नाई बकीनी नभईको घर नाई गीतको भिडियो सार्वजनिक

बुधबार, बैशाख १२, २०७५

loading...


काठमाडौं । लालबहादुर धामी (अछामी बड्डो )को सन्देस मुलक देउडा गीत देउडा बैकीनीको भर नाई बैकीनी नभईको घर नाई गीतको भिडियो सार्वजनिक  भएको छ । लाल बहादुर धामी र टीका पुनको सुमधुर आवाजमा सजिएको उक्त देउडा गीतको शब्द र लय राजेन्द्र शाह विपीको रहेको छ ।

गीतको एरेन्ज मालाश्री स्टुडियोका विनोद बाजुरालीले गरेका छन् । खप्तड डिजीटल स्टूडियोको उत्पादन तथा वितरक रहेको देउडा गीतमा अहिलेको पारिवारीक र सामाजिक रुपमा देखिएको विकराल समस्यालाई सम्प्रेषण गरिएको छ । म्युजिक नेपालको यूटुब च्यानल मार्फत सार्वजनिक भएको गीतमा सुदुर तथा मध्यपश्चिमा खेलिने देउडा गीतको माध्यबाट सामाजिक चेतनाको विकासमा योगदान दिने विषयवस्तु समेटेको छ ।

देउडा गीतको भिडियो भीम थापाले निर्देशन गरेका छन् भने छायाङकन हरिष महराको रहेको छ । देउडा अभिनयमा लालबहादुर धामी ,हरेन्द्र शाही हेमानी ढुङ्गाल र कमला पुन मगडरले गरेका छन् ।
यस्तो छ भिडियो

329 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank