आमिर खानको नयाँ फिल्म ‘लाल सिंह चड्ढा’

हलिउड फिल्म 'फरेस्ट गम्प'को रिमेक

आइतवार, चैत्र ३, २०७५

loading...


काठमाडौं । बलिउड निर्देशक एवं अभिनेता आमिर खानले ठग्स अफ हिन्दुस्तान’को असफलतापछि आमिर खानले नयाँ फिल्म घोषणा गरेका छन्। आफ्नो ५४ औं जन्मदिनको अवसरमा  नयाँ फिल्म ‘लाल सिंह चड्ढा’को घोषणा गरेका हुन्।

‘फोरेस्ट गम्प’ नामको उपन्यासमा आधारित यो फिल्म हलिउड फिल्म ‘फरेस्ट गम्प’ को एडेप्टेसन हुने आमिरले बताएका छन्। यस फिल्म ”फरेस्ट गम्प’ नामको उपन्यासमा आधारित छ।

2019_3$largeimg14_Mar_2019_195859666

358280-7

फिल्ममा आफ्नो भूमिकाको लागि तयारी शुरु भएको आमिरले बताएका छन् ।

उनले भनेका थिए, ‘हामीले सुटिङको तयारी सुरु गरिसकेका छौं। यस वर्षको अक्टोबरमा सुटिङ सुरु हुन्छ। सुटिङको लागि अझै ६ महिना समय छ। अर्को महिनाका लागि म मेरो पात्र र चलचित्रसँग काम गर्नेछु।’

केही स्रोतका अनुसार फिल्मको रिलिज मिति २०२० दिवालीको समय गर्ने तय भएको छ। हालै एक अन्तर्वार्ताको क्रममा आमिर खानले फिल्मसम्बन्धी गरेको खुलासा अनुसार फिल्मका लागि कलाकार फाइनल भएका छैनन्।

फिल्मलाई एद्वेत चन्दनले निर्देशन गर्ने भनिएको छ। फिल्मका लागि आमिरले २० केजी तौल पनि घटाउँनेछन्।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank