करिष्माले भोट हाल्न पाइनन, पतिप्रति सार्वजनिक आक्रोस

आइतवार, बैशाख ३१, २०७४

loading...


स्थानीय निकायको निर्वाचनमा भोट हाल्न नपाएपछि अभिनेत्री करिष्मा मानन्धरले आफ्नै श्रीमानप्रति आक्रोश व्यक्त गरेकी छिन् ।

राजधानीको मतदाता नामावलीमा आफ्नो नाम नभएका कारण मतदान गर्न नपाएको रिस पति विनोद मानन्धर सँग पोख्दै उनले भनेकी छिन्, ‘आज मेरो मालिक बन्ने तानाशाहीको हदले गर्दा मेरो मनले सहन् मानेन, विनोद ।’

कलाकारिता छाडेर नयाँ शक्तिको झण्डामुनी गोलबन्द हुँदै राजनितीमा होमिएकी मानन्धरले आफ्नो भोटिङ कार्ड नबन्नुको दोष पतिलाई लगाएकी छिन् । आइतबार भोट हाल्न नपाएसँगै सामाजिक सञ्जाल (फेशबुक)मा स्ट्याटस लेख्दै उनले पतिलाई सोधेकी छिन्, ‘सवै कुरामा तिमीनै मालिक बन्, तर केही कुरा सहन सकिँदेन, तिमीले हाम्रा लागी गरेका कुरा हामी प्रति को तिम्रो कृपा मान्नु पर्ने ?’

एउटै परिवारमा रहेपनी हरेक सदस्यको छुट्टै चाहना र अधिकार हुने कुरा उल्लेख गर्दै अभिनेत्री मानन्धरले श्रीमानले जानाजान आफ्नो भोटिङ कार्ड नबनाईदिएकोले मत खसाल्न नपाएको गुनासो गरेकी छिन् ।

3371 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank