‘कोशेली’ फिल्म जेठ ११ गते रिलिज हुने

शनिबार, जेष्ठ ५, २०७५

loading...


काठमाडौं । ‘कोशेली’ फिल्म जेठ ११ गतेबाट रिलिज हुने भएको छ । गत वर्षको पौष ७ रिलिज मिति तोकिएको फिल्म ‘कोशेली’ रिलिज हुने भनेता पनि प्राविधिक कारणवश ढिलो जेठ ११ गते रिलिज हुने जनाएको छ ।

प्रेम, द्वन्द्व, विछोड लगायतका विषय समेटिएको फिल्ममा मनोज खत्रीको लेखन तथा निर्देशन रहेको छ । सोही दिन ऋचा शर्माको फिल्म ‘सुनकेशरी’ पनि रिलिज हुँदैछ ।

निर्देशक खत्रीले फिल्मको प्राविधिक काम सक्न समय लागेकाले फिल्म पौषबाट जेठमा पुगेको बताए । ‘अहिलेको पुस्ताले मनपराउने समसामयिक कथालाई फिल्ममा प्रस्तुत गरेका छौं,’उनले भने,‘युवापुस्ताको प्रेमकथालाई प्राथमिकता दिइएकोले पनि फिल्मलाई दर्शकले मनपराउनेमा हामी ढुक्का छौं ।’

भोले बाबा फिल्मस्को व्यानरमा निर्माण भएको फिल्ममा उमादेवी खत्री प्रस्तुतकर्ता छिन् । फिल्ममा मनोज खत्री, दिनेश शर्मा, जेएन घिमिरे, रचना लामा, सुरज ढकाल, मञ्जिला बुढाथोकी, तेजा ऐर, उमा भट्टराई, तारा लामा र सन्तोष कार्कीको अभिनय छ ।

फिल्ममा अभिषेक पौडेलको सम्पादन, सत्यम राना र सुदिप आचार्यको भीएफएक्स, कृष्ण कोइरालाको प्रोडक्सन, विकास चौधरीको संगीत, देव महर्जनको द्वन्द्व, दिनेश लिम्बुको कोरियोग्राफी र रवि कोइरालाको छायांकन छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata