सञ्जय दत्तले रोजे मनिषा कोइराला

शनिबार, फाल्गुन ७, २०७३

loading...


काठमाडौँ । सञ्जय दत्तको जीवनमाथि बन्ने फिल्ममा मनिषा कोइराला नर्गिस दत्तको भूमिकामा देखिने भएकी छिन् । केही फिल्ममा सञ्जयको हिरोइन भएर काम गरेकी मनिषा बन्न लागेको सञ्जय दत्तको वायोपिकमा उनले आमाको रुपमा देखिने छिन् । फिल्ममा सञ्जय दत्तको रुपमा रणवीर कपुरको अभिनय रहनेछ ।

फिल्को निर्देशन राजकुमार हिरानीले गर्दैछन् । हिरानीले नर्गिसको भूमिकामा कोइराला खेल्ने खुलासा गरेका छन् । लामो समयदेखि क्यान्सरसँग जुधेकी नर्गिसको ५१ वर्षको उमेरमा निधन भएको थियो । मनिषा पनि क्यान्सरको उपचारपछि फिल्ममा फर्किएकी हुन् ।

1627 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank