“”

नायिका खुश्बु खड्काले अनाथ बालबालिकासंग जन्मदिन मनाइन

मङ्लबार, फाल्गुन १५, २०७४

loading...


काठमाडौँ । नायिका खुश्बु खड्काले आफ्नो जन्मदिन राजधानीको धापासीमा अबस्थित हाम्रो बाल संरक्षण धरोहर नेपालमा आश्रित अनाथ बालबालिकाहरुसंग मनाएकी छिन् । जन्मदिनमा बुबाआमासहित हाम्रो बाल संरक्षण धरोहर नेपालमा पुगेर बालबालिकाहरुलार्इ खान खुवाउनुको साथै खाद्यन्न सामाग्री वितरण गरिन् ।

जन्मदिनको अवसरमा साथीभाईसँग रमाइलो, पार्टी भन्दा पनि संस्थाका बालबालिकासँग जन्मदिन मनाउँदा आफूले छुट्टै प्रकारको खुशी महसुस गरेको उनले बताइन । उनले यस्तो कार्यलाई निरन्तरता दिने पनि जनाइन् ।

संस्थाकी सस्थापक अध्यक्ष बिनिता अर्यालले संस्थामा २४ जना अनाथ अपाङ्ग बालबालिका रहेको र आफूहरुले विभिन्न व्यक्तिहरुको सहयोगमा उनीहरूको पालन पोषणा तथा शिक्षादीक्षा प्रदान गरिरहेको बताइन् । अर्यालले नायिका खुश्बु खड्का, कलाकार निर्मल शर्मा तथा समाजसेवी प्रकाश कुमार श्रेष्ठलाइ सम्मान समेत गरेकी थिइन ।

178 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank