चर्चित निर्देशक पाण्डेको निर्देशनमा क्यारम् मायालाई तीजकाे गीत सार्वजनिक (भिडियो सहित)

शुक्रबार, साउन १८, २०७५

loading...


काठमाडौं । चर्चित निर्देशक गणेश पाण्डेको निर्देशनमा क्यारम् मायालाई बोलको तीज गीत सार्वजनिक भएको छ । चर्चित डकुमेन्ट्री फिल्म भाग्यले बाँचेकाहरुको सफलताबाट ख्याति कमाएका पाण्डेको निर्देशनमा पहिलो तीजको गीतको भिडियो सार्वजनिक भएको हो ।

गीतमासुनिता अधिकारीको स्वर तथा अभिनय रहेको छ । उनलाई अभिनयमा संचारकर्मी रामकुमार शाहीले साथ दिएका छन् । शिव हमालको शब्द र लय रहेको गीतको प्रकाश भट्टको कोरियोग्राफी रहेको छ । यसैगरी, राजेश घिमिरे, पुकार तिमिल्सिना र रामेश्वर ढकालले क्यामरामा जादु चलाएका छन् । गीतको अडियो तथा भिडियो साइन मिडिया प्रालिले गरेको हो भने दृश्य निर्माण साइ भिजन प्रालिले गरेको हो ।

गीतको सम्पादन विष्णु शर्मा र संगीत संयोजन कृष्ण विकले गरेका छन् । तीजका नाममा अनेक विकृति फैलिरहेका बेला आफ्नो मौलिक गीतले दर्शक र स्रोताहरुको मन जित्न सफल हुने सुनिता बताउँछिन् ।

1429 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank