ठूलो छाडेर सानो ‘माछा’तिर केकी

‘म्यूजिक भिडियो क्विन’ को उपनामले चिनिंदै केकी

शुक्रबार, चैत्र ११, २०७३

loading...


काठमाडौं । नेपाली चलचित्रबजारमा नायिकाहरुको आगमन हुने र पलायन हुने क्रम बढ्दो छ । नायकहरु लामो समय टिकेपनि नायिकाहरु भने यस क्षेत्रमा लामो समय टिकेको पाइदैन । केही समयअघि सम्म नेपाली सिने क्षेत्रमा चर्चित नायिका पछिल्ला दिनहरुमा भने सिनेमाको पर्दामा भन्दा पनि म्युजिक भिडियोमा बढी देखिन लागेकी छिन् । उनी चलचित्रमा  ब्यस्त नभएपछि धमाधम म्युजिक भिडियोतिर लागेकी हुन् । उनका एकपछि अर्को गर्दै नयाँ भिडियोहरु धमाधम आउन थालेका छन् । उनलाई चलचित्रको पर्दामा झैं म्यूजिक भिडयोमा मन पराउनेहरुको जमात पनि बढ्दो छ । त्यसैकारण केकीलाई अहिले ‘म्यूजिक भिडियो क्विन’ को समेत उपनामले  परिचित गराइदैछ ।

keki2

यसै क्रममा उनको पछिल्लो म्यूजिक भिडियो रहेको छ गायक अनिश पाण्डेको ‘मनसँग मन’ बोलको गीत । जसमा केकीले दमदार अभिनय प्रस्तुत गरेकी छिन् ।यस गीतमा अभिनयमा केकीलाई नरेनले साथ दिएका छन् । लामो समयदेखि बेलायतमा बस्दै आएका गायक पाण्डेको ‘मनसँग मन’ बोलको गीतको भिडियोमा अहिलेसम्म नगरेको रोलमा समेत अभिनय गर्न भ्याएकी छिन् । भिडियोमा केकी पहिलो पटक बृद्धाको भुमिकामा देखिएकी छिन् ।

काठमाडौँको पाशुपत क्षेत्र, बेलायतका केही रमणीय स्थलमा छायांकन गरिएको भिडियोमा केकी बृद्धाको रोलमा पनि देखिएकी छिन् । अर्जुन पोख्रेलको शब्द तथा संगीतमा तयार भएको गीतको भिडियोलाई निर्देशक समन अधिकारीले निर्देशन गरेका हुन् । भिडियोमा केकीको अध्यामिक, सामाजिक अवतार समेत देख्न पाइन्छ ।

दिपेन्द्र थपलिया र कुशल श्रेष्ठको छायांकनमा तयार भएको गीतको भिडियोलाई निशान घिमिरले सम्पादन गरेका हुन् । हरि ढकाल कन्सेप्ट निर्देशक रहेको गीतको बजार ब्यबस्थापन बुढा सुब्बा म्यूजिकले गरेको छ ।केकीले बितेका पल,श्री ५ अम्वरे,हाउ फन्नी,माई प्रोमीश ,आइ एम सरी लगायतका थुप्रै नेपाली सिनेमाहरुमा अभिनय गरीसकेकी छिन् ।

यस्ता छन नायिका केकी अधिकारीद्धारा अभिनित केही चर्चित म्यूजिक भिडियोहरु


 

666 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank