सफलमान र कट्रिना फेरि रोमान्स, पुगे अष्ट्रेलिया

बुधबार, चैत्र ९, २०७३

loading...


आगामी क्रिसमसमा सार्वजनिक हुने फिल्म ‘टाइगर जिन्दा है’को छायाँकनका लागि बलिउड अभिनेता सलमान खान अभिनेत्री कैट्रिना कैफलाई लिएर फिल्म युनिटसहित अस्ट्रिया पुगेपछि एकाएक चर्चा चुलिएको छ ।

द्वन्द्वप्रधान फिल्म भएपनि रोमान्टिक गीतका लागि अस्ट्रियाको गोल्डेन रुफमा २० डिग्रीभन्दा कम तापक्रममा गएर रोमान्टिक मुडमा खिचिएका फोटोहरु सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममार्फत् ‘लिक’ भएपछि सलमान र कैट्रिनाको रोमान्सबारे चर्चा सुरु भएको हो । यी दुबैको रोमान्स पाँच वर्षपछि फेरि सुरु भएको हो ।

‘एक था टाइगर’मा दुबैले एकसाथ काम गरेपछि दुबैबीच खटपट सुरु भएको थियो । एक–अर्काविरुद्ध आरोप–प्रत्यारोपसँगै उनीहरुबीच बोलचालसमेत बन्द भएको थियो ।

तर, पाँच वर्षपछि फेरि सँगै काम गरेको फोटोहरु सामाजिक सञ्जालमार्फत् लिक भएपछि रोमान्स सुरु भएकोे अनुमान गरिएको हो ।

अधिकांश हलिउड फिल्म छायाँकन हुने महँगो ‘लोकेसन’मा यी दुबैले रोमान्स गरेका छन् । यी दुबैका लागि उक्त लोकेसन ‘केमेष्ट्री’ मिलाउन रोजिएको भारतीय सन्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

यशराज फिल्मस्सँग मिलेर सलमान आफैंले ‘टाइगर जिन्दा है’ बनाउँदैछन् । सलमानले सबै लोकेसन आफैं रोजेका हुन् । यस फिल्मको लागि सल–क्याट दुबैले सँगै द्वन्द्वसम्बन्धी विशेष तालिमसमेत लिएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank