गायिका निलम रोजु राईको कति सुहायो त्यो कालो कोटमा’ गीतको भिडियो सार्वजनिक

बिहिबार, कार्तिक २२, २०७५

loading...


काठमाडौं । संगीतकार तथा गायिका निलम रोजु राईको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । केही समयअघि मात्र ‘मलाई हजुरले लाएको टोपी मनपर्यो’ गीतको भिडियो ल्याएकी निलमले यसपटक ‘कति सुहायो त्यो कालो कोटमा’ बोलको गीत ल्याएकी छन् ।

गीतकार समेत रहेकी निलमको ‘कति सुहायो त्यो कालो कोटमा’ बोलको नयाँ गीतको भिडियो शुक्रबार सार्वजनिक भएको छ । सार्वजनिक गीतमा स्वरमात्र नभएर शब्द तथा संगीत पनि उनैको रहेको छ ।

निलमलाई स्वरमा गायक सुरेश लामाले साथ दिएका छन् । संगीतकार निलमले ‘कति सुहायो त्यो कालो कोटमा’ गीतलाई पुर्वेली लोक–फ्लेवरमा ढालेकी छन् । उक्त गीतले कालो कोट लगाउनेहरुलाई प्रशंसा गरेको छ । ‘घुमिफिरी रुम्झाटार’ भनेजस्तै गीतको आशय माया–प्रेममै केन्द्रीत छ ।

‘कति सुहायो त्यो कालो कोटमा’ बोलको यस गीतको भिडियोलाई नृत्य निर्देशक कमल राई निर्देशन गरेका हुन् । उक्त गीतमा दक्षकुमार राई, कला राई, पवन पाठक लगायतका कलाकारले अभिनय गरेका छन् ।

युवराज राईले खिचेको ‘कति सुहायो त्यो कालो कोटमा’ भिडियोमा कोरस डान्सहरुको प्रयोग गरेर फिल्मी शैली अपनाइएको छ । जसलाई दर्शक तथा श्रोताले रुचाउने अपेक्षा संगीतकार तथा गायिका निलमले गरेकी छन्

120 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank