इन्टरनेटमा भाइरल हुँदै करीनाको बिकिनी फोटो
शुक्रबार, पुस २१, २०७४

यो हप्ता करीना कपूर खानको बिकिनी लगाएको फोटोले इन्टरनेटमा चर्चा पाएको छ । वोग म्यागेजिनका लागि लिगिएको बिकिनी फोटोमा करिनालाई निकै ग्लामरस देखिएको छ ।
वास्तवमा करीना आफ्नो बिकिनी फोटोमा धेरै नै फिट देखिन्थिन् । २० डिसेम्वर २०१६ मा उनले बच्चा जन्माएपछि एक वर्ष भित्रै उनी धेरै नै फिट देखिएकी छिन् । जबकी ककेही व्यक्ती करीनाको फिटनेसरुपलाई पचाउन सकेका छैनन ् । त्यसैले उनको यो अवतारलाई झुठो बताइरहेका छन् ।
केही व्यक्तिले भनेका छन् कि, यती छिट्टै स्ट्रेट माक्र्स कसरी हट्छ ? यो तस्वीर झुठो भएको बताउँदै आएका छन् । एक प्रयोग कर्ताले कमेन्टमा भनेकी छन्, ‘म पनि पातली छु, र म पनि काम गर्छु तर मेरो पनि मम्मि टम्मी छ । तर तपाईहरुलाई बताइदिउँ कि करीना छोरा तैमुर जन्मेको केही दिनमै जिम जान थालेकी थिइन् ।
उनी संधै जिम जाने क्रममा देखिन्थिन । केही समाचार अनुसार करीना दिनमा १३ घण्टा एक्सरसाईज गर्छिन् । अहिले भने करीना, सैफर छोरा तैमुरक साथ यूरोपमा छुट्टि मनाइ रहेकी छिन् । क्रिसमस पछि नै उनी परिवारका साथ यूरोप गएकी हुन् ।
प्रतिक्रिया दिनुहोस
Powered by Facebook Comments