शोबाट ब्रेक लिइरहेका छन् कपिल शर्मा, कारण जान्नुहोस्

आइतवार, असार २२, २०७६

loading...


एजेन्सी । कपिल शर्मा आजकाल आफ्नो कमब्याक टिभी शो ‘द कपिल शर्मा शो सिजन टु’ बाट सबैलाई मनोरञ्जन प्रदान गरिरहेका छन् । आफ्नो कार्यक्रमलाई रमाइलो बनाउनका लागि उनले नयाँ–नयाँ ट्वीस्ट पनि ल्याउने गर्छन् । यसैबीच कपिल शर्माले आफ्नो कार्यक्रमबाट ब्रेक लिने खबर सार्वजनिक भएको छ । विशेष कुरा के छ भने कपिलले यो ब्रेक आफ्नो घरमा आउन लागेको नयाँ पाहुनाका लागि लिइरहेका छन् ।

बलिउड लाइफको रिपोर्ट अनुसार कपिल शर्मा चाँडै नै मिनी ब्रेकमा जाँदैछन् । कपिल शर्माकी श्रीमती गिन्नी चतरथ तीन–चार महिनाकी गर्भवती छिन् । कपिल शर्मा आफ्नी गर्भवती श्रीमतीसहित बेबी मुनमा जाने योजनामा छन् । खबरका अनुसार यी दुई क्यानडा घुम्न जाने तयारीमा छन् ।

गिन्नी चतरथसँग विवाह गरेलगत्तै उनी कपिल शर्मा शोमा फिर्ता भएका थिए जसका कारण उनीहरु हनिमुनमा पनि जान सकेका छैनन् त्यसकारण उनीहरुले बेबीमुनमा जाने योजना बनाएको भारतीय संचार माध्यमले बताएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata