कपिल शर्माले व्यहोरे झट्का

सोमवार, बैशाख २३, २०७६

loading...


एजेन्सी । भारतीय लोकप्रिय टेलिभिजन कार्यक्रम ‘द कपिल शर्मा शो’ले ठुलो झट्का व्यहोरेको छ । यस हप्ता ‘कुमकुम भाग्य’, ‘कुण्डली भाग्य’, ‘ये रिश्ता क्या कहलाता हे’, ‘कुल्फी कुमार बाजेवाला’, ‘नागिन थ्री’ लगायतका टिभी कार्यक्रमबीच ठूलै प्रतिस्पर्धा देखिएको छ  ।

गत हप्ता टिआरपी सूचीको शीर्ष स्थानमा रहेको कपिल शर्मा शो यसपटक निकै तल झरेका छन् । कपिलको शो  पाँचौ स्थानमा पनि रहेन सकेन । शीर्ष पाँचबाट बाहिरिँदा कपिललाई ठूलै झट्का लागेको छ । यसपटक शीर्ष १ मा टिभी शो ‘कुमकुम भाग्य’ आइपुगेको छ ।

त्यस्तै दोस्रो स्थानमा ‘कुण्डली भाग्य’ छ भने यो हप्ता तेस्रो स्थानमा ‘ये रिश्ता क्या कहलाता हे’ रहेको छ । साथै, चौथो स्थानमा छ ‘कुल्फी कुमार बाजेवाला’ रह्यो । यसका साथै, ‘नागिन थ्री’ टिआरपीको पाँचौ स्थानमा रहन सफल भएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata