भारतीय कमेडियन कपिल शर्मा पुनः टिभिमा देखिदै

शुक्रबार, माघ २६, २०७४

loading...


काठमाडौं । चर्चित भारतीय कमेडियन कपिल शर्माले कम्ब्याक गर्ने भएका छन् । कमेडी नाइट विथ कपिल र द कपिल शर्मा शोबाट चर्चामा आएका कपिल आगामी मार्च महिनामा सानो पर्दामा पुनः देखापर्दैछन् । यही फेब्रुअरी ५ मा उनले नयाँ शोका लागि सुट गरेका छन् ।

उनले सुट गरेका केही तस्विरहरु सार्वजनिक भएका छन्, जसमा उनी अटोदेखि बस चढेकोसम्म देख्न सकिन्छ । टाइम्स अफ इन्डियाका अनुसार कपिल पूरानै च्यानलमा आफ्नो शो लिएर फर्कने तयारीमा छन् । नयाँ कार्यक्रमको फम्र्याट र टाइटल भने अझै फाइनल भइनसकेको बताइएको छ ।

यद्यपि, सुनिल ग्रोभर भने तत्काल कपिलको शोमा फर्कने सम्भावना नरहेको पनि समाचारमा उल्लेख छ । दुईबीच झगडा भएपछि सुनिलले शो छाडेका थिए ।

सुनिलले छाडेपछि शोका अन्य कलाकारहरुले पनि शो छाडेका थिए जसले कपिलको कार्यक्रमको टिआरपी घट्नुका साथै उनको स्वास्थ्यमा पनि असर पुगेको थियो । त्यसपछि च्यानल र कपिलले आपसी समझदारीमा छोटो ब्रेक लिने निधो गरेका थिए ।आशा गरौँ, उनको नयाँ शो पनि पहिलेको जस्तै सफल हुनेछ ।

एजेन्सी

243 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank