कपिल शर्माको धमाकेदार कमव्याक अक्टोबरमा

शुक्रबार, भदौ १५, २०७५

loading...


नयाँ दिल्ली । भारतीय हास्य अभिनेता कपिल शर्माको परिचय आवस्यक छैन् । अलग्गै हास्य शैलीको कारण छोटो समयमा अत्यन्तै चर्चित कपिल शर्मा मानवीय कमजोरीका कारण अनेक विवादमा फस्न पुगे ।

सोनी इन्टरटेनमेन्ट टिभीमा उनले संञ्जालन गर्दै आएको कपिल शर्मा सो कार्यक्रम अत्यन्त चर्चित हुँदा हुँदै आफ्नै कमजोरीका कारण बन्द हुन पुग्यो । छोटो समयमा प्राप्त सबै खाले सफलतालाई व्यवस्थापन गर्न चुक्दा नयाँ समस्यामा फस्न पुगे । तत्पश्चात गहिरो डिप्रेसनमा पुगेका कपिल आफुलाई समाल्दै नयाँ ढंगको तयारी गर्दैछन् । डिप्रेसनपछि बढेको माेटाे शरिरलाई चुस्त दुरुस्त बनाउन जीम खानाको ढोका पुगिसकेका छन् ।

kapail

भारत कुकरेतीको निर्देशनमा  विशुद्ध हास्य रसले भरिएको कार्यक्रम निकट भविष्यमा लिएर फर्कने तयारी गर्दैछन् । मुम्बई मिररसँग हँसिलो मुद्रामा प्रसतुत भएका कपिल शर्मा सम्भवत आउदो अक्टोम्बर महिनामा नयाँ जोशको साथ टिभीकाे पर्दामा देखिनेछन् ।   केहि समय अगाडि इन्टाग्राममा कपिलले आफ्नो नयाँ पञ्जावी फिल्म सन अफ मन्जीत सिंह को निर्माण गर्ने बताएका थिए ।

169 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank