चर्चित हास्य कलाकार कपिल शर्माको  बिबाह १२ डिसम्बेरका लागि तय

मङ्लबार, कार्तिक ६, २०७५

loading...


नयाँ दिल्ली । भारतीय हास्य कलाकार कपिल शर्माको बिबाहकाे मिति तय भएको छ । आफ्नो प्रेमिका गिन्नी चतरथसँग  बिबाह बन्धनमा बाँधिन  १२ डिसेम्बरका लागि पक्का भएको हो ।

दिपिका पादुकोणको सबै भन्दा ठुलो फ्यान बताउने कपिल उनको बिबाहको एक महिनापछि डिसेम्बर १२ मा बिबाह गर्न गइरहेका छन् । गिन्नीको जन्म शहर जालान्धरमा हुने भव्य बिबाह पारिवारिक सहमतीमा हुने बताइएको छ  । गिन्नी आफ्नो परिवारको एक मात्र छोरी हुनाले उनको भावनालाई सम्मान गर्न कपिलले कुनै कञ्जुस्याँई नगर्ने बताएका छन् ।

पछिल्लो समय आफ्नो हास्य कलामा अनेकौं अबरोध भोग्दै रहेका कपिल बिबाहको कुरालाई टाल्दै आइरहेका थिए ।

केही समय पहिला मिडियालाई आफ्नो प्रेमिकाको बारेमा खुलासा गरेका कपिल बिबाह पश्चात नयाँ जोशका साथ हास्य मञ्चमा फर्कने बताएका छन् ।

315 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank