कान्तिपुर फिल्म एकेडेमी ३९ जना विद्यार्थी ग्राजुएट

सोमवार, कार्तिक ६, २०७४

loading...


काठमाडौं । गत बर्ष स्थापना भएको कान्तिपुर फिल्म एकेडेमीमा अध्ययन गरेका पहिलो ब्याचका विद्यार्थीहरुलाई ग्राजुएट गरिएको छ । चलचित्र सम्बन्धित बिविध विधामा अन्तराष्ट्रिय स्तरको शिक्षा दिने उदेश्यले खोलिएको कान्तिपुर फिल्म एकेडेमि को उक्त ग्राजुएसन कार्यक्रममा बिद्यार्थिहरुले बनाएका छोटा चलचित्रहरु पनि प्रर्दशन गरियो ।
अभिनय तर्फको बिधामा १३ जना , फिल्म मेकिङ बिधामा ९ जना तथा सिनेमाटोग्राफि बिधामा १८ जना विद्यार्थी ग्राजुएट भएका हुन् ।
चलचित्र विकास बोर्डका अध्यक्ष तथा सुचना तथा सन्चार मन्त्रालयका सह सचिव रामचन्द्र ढकालको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा विद्यार्थी , अभिभावक , सन्चारकर्मी , तथा सेलिब्रेटीको बाक्लो उपस्थिति रहेको थियो ।
ग्राजुएट हुने विद्यार्थीहरुलाई शुभकामना दिदै विकास बोर्ड अध्यक्ष ढकालले चलचित्रको अध्ययनमा विद्यार्थीहरुको रुचि बढ्नु सकारात्मक विषय भएको बताए । यस्तै एकेडेमीका अध्यक्ष छबिराज ओझाले आगन्तुक पाहुना लाइ स्वागत गरेका थिए भने सिइओ प्रकाश पुरीले एकेडेमिको बारेमा जानकारी दिएका दिएका थिए ।

114 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Nic Asia
dashain suvakamana
Janamat health right side janta bank saral flyer Below blog adv